सीमा नाका अनिश्चितकालका लागि ब’न्द, पाहुनालाई लुकाएर राखेमा कडा कारबाही हुने

काठमाण्डौ- सरकारले नेपाल भित्रने सीमा नाका बन्दलाई निरन्तरता दिएको छ। लक डा’उनको समयलाई बढाएर बैसाख १५ गतेसम्म पुर्याएको सरकारले सीमा नाका पनि बन्द रहेको जनाएको छ। सीमा नाका कहिलेसम्म बन्द भन्ने विषयमा भने सरकारले निर्णय गरेको छैन, त्यसैले सीमा नाका अनिश्तिकालका लागि बन्द भएका हुन् ।

मन्त्रिपरिषद्को मंगलबारको बैठकले हवाई, र भू-मार्ग मार्ग हुने कुनै पनि आवत जावतलाई निशेष गरेको अर्थ एबंवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले जानकारी दिनुभयो । यस्तै विदेशबाट आएका जो कोहिलाई बास दिनेहरुलाई पनि का’रबाही गरिने सरकारले जनाएको छ । स्थानीय प्रशासनको आँखा छलेर विदेशबाट आएकाहरुलाई लुकाएर राखेमा कानुनअनुसार कडा कारबाही हुने खतिवडाले बताउनु भयो ।

लकडाउनको समयमा नै स‌ंक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने पनि निर्णय गरेको छ। कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए। अत्यावश्यक सामाग्री र खाद्यवस्तुको आपुर्तिलाई भने रोकिने छैन।

प्रतिक्रिया दिनुहोस्