राप्ती नदीमा हा’म फालेर एकको मृ’त्यु

चितवन । राप्ती नदीमा हा’म फालेर एक जनाको ज्या’न गएको छ। इलाका प्रहरी कार्यालय दिव्य नगरका अनुसार मृ’त्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं १३ घर भई भरतपुर महानगरपालिका वडा नं २५ मा डेरा गरी बस्ने ३० वर्षीय धनीसिंह नेपाली रहेका छन्। घरायसी झ’गडाका कारण नेपाली मङ्गलबार साँझ राप्ती नदीमा हा’म फा’लेको प्रहरीले जनाएको छ। नेपालीको श’वलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ।

यो पनि,सीमा नाकाबाट महामारीको जोखिम : लकडाउनपछि महाकाली नदीमा पौडी खेलेर भएपनि सुदूरपश्चिममा नेपालीहरु स्वदेश फर्किए। भारतबाट रातारात पैदलै हिँडेर घर फर्कनेहरुको सङ्ख्या कति छ र उनीहरु कहाँ, कसरी बसेका छन् भन्नेबारे तीन तहका सरकारसँग तथ्याङ्क छैन । जो देखिनेगरी आए उनीहरु मात्रै क्वरेण्टीनमा बसेका छन् भनेर सहजै अनुमान गर्न सकिन्छ ।

मङ्गलबार काठमाण्डौ उपत्यकामा दुई जना नयाँ को;रोना सङ्क्रमित भेटिएपछि सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । यसअघि सोमबार मात्रै कैलाली र रौतहटमा दुई जना कोरोना सङ्क्रमण भेटिएका थिए। छिमेकी भारतमा भने १० हजार भन्दा बढीमा को;रोना सङ्क्रमण देखिएको छ । सीमा नाकाबाट नेपाल भित्रिने नेपाली मात्र होइन, भारतीय नागरिक पनि छन् ।

नेपाल आएका तीन जना भारतीय नागरिकमा कोरोना सङ्क्रमणको पुष्टि भैसकेको छ । उनीहरु वीरगञ्जमा बसेका थिए । लकडाउनसँगै सीमा नाका बन्द भएका छन् । लकडाउनको सोमबार २२ औं दिन हो। अन्तर्राष्ट्रिय उडान र अवतरण अपवादबाहेक लकडाउन अगाडि नै रोकिएको छ । सरकारले लकडाउनलाई बढाउने निर्णय गर्दैछ । तर लकडाउनको कडाइ पनि उतिकै आवश्यक छ ।

नेपाल र भारतबीच खुला सीमा छ । रोजगारीका साथै वस्तु र सेवाको आदानप्रदान, खेतीबाली, मेला पर्व र आफन्तसँगको भेटघाटजस्ता कारणले सीमा क्षेत्रमा दिनहुँ आउजाउ भइरहन्छ। अहिले दुवै देशले लकडाउन गरेका कारण आवतजावत रोकिएको छ। तैपनि जोखिम भने कायमै छ ।

प्रतिक्रिया दिनुहोस्