लक डा’उनमा थप क’डाइ, काठमाडौंबाट दुई घण्टामा दुई हजार समातिए

काठमाडौं: काठमाडौंमा समेत को;रोना संक्रमित देखिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ। जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ। राजधानी प्रवेश गर्ने सबै संभावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा तुल्याइएको छ।

लक डाउन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गस्ती र सुरक्षा जाँच बढाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी बिश्वराज पोखरेलले बताए। ‘सुरक्षाकर्मीको सदासयताको दुरुपयोग गर्दै लकडाउन उलंघनगर्ने प्रवृत्ति बढेकोले त्यसलाई निरुत्साहन गर्न सुरक्षा जाँच र गस्तीलाई थप कडा बनाइएको हो,’ डिआइजी पोखरेलले भने।

बुधबार बिहान मात्र लकडाउनको पालना नगर्ने २ हजार ३८ जनालाई कारवाही स्वरूप ३ घण्टा बाटोमै होल्ड गरिएको छ । खास गरी बिहान बेलुका तरकारी किन्न तथा फ्रेश हुन भन्दै मानिसहरु सडकमा आउने प्रवृत्ति बढेपछि प्रहरीले यस्तो अभियान थालेको हो। महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी बिश्वराज पोखरेलले बुधबार बिहान दुईघण्टामै लक डाउन उ’लंघन गर्ने दुई हजारलाई नि’यन्त्रणमा लिएर होल्ड गरिएको जानकारी दिए। तस्बिर : फाइल

प्रतिक्रिया दिनुहोस्