सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट शुरू

काठमाडौं: दुईजनामा को’भिड-१९ देखिएपछि पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने सबै व्यक्तिमा परीक्षण गर्ने तयारीस्वरूप आजबाट र्‍यापिड टेस्ट शुरू गरिएको छ। काठमाडौं। काठमाडौैंको पेप्सीकोला स्थित सनसिटी अपार्ट मेन्टमा बस्ने दुई जनामा कोभिड-१९ देखिएपछि उक्त अपार्टमेन्टमा बस्ने सबै जनामा परीक्षण गर्ने योजना बमोजिम आजबाट र्‍यापिड टेस्ट शुरू गरिएको छ।

५ चैतमा बेलायतबाट आएका एकै परिवारका तीन जनामा र्‍यापिड टेस्ट गर्दा १ वैशाखमा को;रोना पोजिटिभ देखिए पछि उनीहरूको पुन: पीसीआर विधिबाट परीक्षण गरिएको थियो । २ वैशाखमा तीन मध्ये दुई जनामा को’भिड -१९ को संक्रमण देखिएको थियो। त्यसपछि उक्त अपार्टमेन्टमा बस्ने सबै जनाको र्‍यापिड टेस्ट गर्न लागिएको हो। आज बिहानबाट त्यसरी परीक्षण थालिएको छ।

पाँच ब्लक रहेको अपार्टमेन्टमा पहिलो चरणमा ‘ब्लक ए’ मा परीक्षण गरिने छ। संक्रमित एकै परिवारका दुई जना व्यक्ति ब्लक ए को १५औं तलामा बस्दै आएका थिए । त्यसैले त्यही ब्लकबाट परीक्षण थालिएको हो । र्‍यापिड टेस्टमा कसैलाई पोजिटिभ देखिएमा उनीहरूको स्वाबको नमूना पीसीआर विधिबाट पुन: परीक्षण गरिनेछ। पाँच वटा ब्लक रहेको उक्त अपार्टमेन्टमा करीब पाँच सय फ्ल्याट छन्।

प्रतिक्रिया दिनुहोस्