डलरकाे हरियाे घास देखेर राष्ट्रियता बेच्न सकिदैन : नेता तामाङ

काठामाडौं : सत्तारूढ दल नेकपाका युवा ने ता तथा अनेरास्ववियु का सहसंयाेजक रंन्जित तामाङले नेपाली जनतालेे एम सिसि अस्वि’कार गरिसकेकाे ले यसबारे बहस गर्नु अनुचित हुने बताएका छन। नेता तामाङले सामाजिक सन्जाल फेस बुका स्टाटस लेख्दै ‘डलरकाे हरियाे घास देखेर राष्ट्रियता बेच्न सकिदैन,जतिसुकै पबित्र उदेश्यले ल्याईएकाे भएपनि ”एमसिसि” देशले गलत ठानि सक्याे,३ हात उफ्रेर एमसिसि सहिछ,भनिरहनु जरुरी छैन’ भन्दै अब एमसिसि जतिसुकै पबित्र साेचकाे भएपनि जनता अस्विकार र खारेज गरेका ले यसबारे नउफ्रिन नेताहरुलाइ चेतावनी दिएका छन् ।

उनले अहिले आफ्नो मा’उ पार्टी प्रति ब्याङग्या गर्दै सभामुख र एमसिसि काे म्युजिकल चियर वरिपरि देशलाई नघुमाउन आग्रह समेत गरेका छन् । ”सभामुख र एमसिसि ” काे म्युजिकल चियर वरिपरि चक्कर काटिरहेकाे देशकाे राजनीतिलाई निकास दिन नेतृत्व जिम्मावार बनाेस’ । आजै माउ पार्टी नेतृत्वको सरकारका प्रधानमन्त्री केपि ओलीले एमसिसि बिरुद्ध नबाेल्न आफ्ना मन्त्रीहरुलाइ चे’तावनी दिएका थिए ।

यस्तो छ नेता तामाङको स्टाटस : डलरकाे हरियाे घास देखेर राष्ट्रियता बेच्न सकिदैन, जतिसुकै पबित्र उदेश्यले ल्याईएकाे भएपनि ”एमसिसि” देशले गलत ठानि सक्याे,३ हात उफ्रेर एमसिसि सहिछ, भनिरहनु जरुरी छैन। “सभामुख र एम सिसि ” काे म्युजिकल चियर वरिपरि चक्कर काटिरहेकाे देशकाे राजनीतिलाई निकास दिन नेतृत्व जिम्मावार बनाेस,।

नेपालको समसामयिक राजनीतिमा सत्तारुढ दल भित्र एउटा विषय निकै जोडतोडका साथ उठेको छ । मित्रराष्ट्र अमे’रिकाले पूर्वाधार विकासको लागि प्रदान गरेको ५०० मिलियन डलर अर्थात आजको परिवत्र्य मुद्रामा ५६ अर्व ७९ करोड रुपैयाँको सहयोगको वारेमा संघीय संसदले अनुमोदन गर्नु पर्ने विषयले सत्तारुढ दलका नेताहरु आ’लोचनात्मक टिप्पणीमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्