लक डा’उनमा सवारी पास लिएर सडकमा शान देखाउने माथि ट्राफिकले निगरानी बढायो

काठमाडौं ३, बैशाख । को;रोना भा’इरस सं’क्रमण नियन्त्रण तथा रोकथामको लागि जारी लकडाउनको अवधिमा पास लिएर गुड्ने सवारी साधनहरुद्वारा पासको दुरुपयोग बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। लकडाउन अवधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेको भन्दै ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाई गर्न थालेको छ ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समाय वधिका लागि भनि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकोले त्यस्ता सवारी साधनहरुलाई ट्राफिक प्रहरीले क’डाइका साथ चेकजाँच गर्दै कारबाही अघि बढाएको महा शाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँले अत्यावश्यक काम बाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, अनावश्यक बाहिरी अवस्था हेर्न,पास छ भनेर शान देखाउदै हिड्न समेत त्यस्ता सवारी साधनहरु गुडेको भेटिएको र अब त्यस्ता सवारी साधनमाथि ट्राफिक प्रहरीले निगरानी बढाउनु को साथै दुरुपयोग गरेको पाइए कारबाही गरिने समेत बताउनुभयो ।

हालसम्म लकडाउन उल्लंघन गर्ने ८ हजार ९ सय ७४ सवारी साधन होल्ड तथा १ हजार ८ सय ४६ वटा पासको दुरुपयोग गरि गुडेका सवारी साधनको पासलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसै गरी लक डाउनको समयमा २१ जना मा’दक प’दार्थ सेवन गरी सवारी चलाउने चालकलाई समेत कारबाही गरिएको महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले अनावश्यक हिंडडुल गर्न र पासको दुरुपयोगसमेत रोक्नका लागि सिभील प्रहरी खटाउनुको साथै सीसीटीभीबाट समेत निगरानी भइरहेको बताउनु भयो । लकडा’उनको अवधिमा मापसे गरी सवारी चलाउने, तीब्र गतिमा गुड्ने लगायत अन्य ट्राफिक नियमको पालना नगर्ने सवारी साधनहरुलाई कारबाही गरि लकडाउन अवधि भर होल्ड गरिने बताउनभुयो। ट्राफिक प्रहरी महाशाखाले उपत्यकमा दिनमा १ सय ५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि चेकजाँचको व्यबस्था मिलाएको छ भने अन्य स्थानहरुमा संयुक्त चेकजाँच समेत हुने गरेको ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्