दार्चुलामा आमा बि’तिन्, नेपाल प्रवेशको अनुमती नपाएपछि क्वारेन्टाईनमै कि’रिया बसे छोरा

धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिका –१ घर भएका वासुदेव भट्टलाई दार्चुला पारीको भारतीय बजार बलुवाकोटमा रहेको क्वारेन्टाईनमा बसेको दुई साता भन्दा बढि भईसकेको थियो। क्वारेन्टाईन मै बसेका बेला मंगलवार दार्चुला स्थीत घरबाट उनलाई फोन गयो। फोनमा आफन्तले बासुदेवलाई आमा (गोमती) बि’तेको खवर सुनाए।

घरमा आमा बितेको खबर पाएपछि उनको आँखामा अहिले सम्म आँसु रोखिएको छैन्। मंगलवारदेखि नै उनी आमाको अन्तिम सं’स्कारमा सरिक हुन र काज कि’रियाका लागि घर फर्किन हारगुहार गरिरहेका छन् । आफ्नै जन्म भुमिको ढोका ब’न्द भएपछि उनी आमाको दा’ह संस्कारमा त उपस्थित हुन पाएनन् काज कि’रियाका लागि पनि नेपाल प्रवेशको अनुमती नपाएपछि उनी क्वारेन्टाईनमै कि’रिया बसेका छन्।

‘भारतीय प्रहरीले नेपाली पक्षले अनुमती दिए जतिबेला पनि जान दिन्छौ भनेको छ। तर नेपाली पक्षले नै मलाई घर फर्किन रोकिरहेको छ। यता शैल्यशिखर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष भरतवहादुर कडायतले आवश्यक पहलका लागि जिल्ला जिल्ला प्रशासनलाई लिखित रुपमै अनुरोध गरिएको बताए। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बासुदेवलाई घर फर्काउनका लागि पहल भईरहेको बताए। दिनेश खवरमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्