दिल्लीमा पुलमुनि बसे सयौं मजदूर

एजेन्सी : भारतमा संसारकै सबैभन्दा ठूलो लकडाउन जारी छ। मार्च २५ देखि सुरू भएको लकडाउन प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार १९ दिनका लागि थपेका छन् । मंगलबारको सम्बोधनका क्रममा मोदीले को;रोना भाइरसको सं’क्रमण रोक्न योभन्दा अर्को उत्तम विकल्प नभएको उल्लेख गर्दै यो साता लकडाउनमा थप कडाइ गरिने बताएका थिए।

मोदीले लकडाउन थपेको अर्कोदिन भारतीय सञ्चारमाध्यममा केही तस्बिरहरू आएका छन्। ती तस्बिरमा दिल्लीको यमुना नदीको पुलमुनि अलपत्र परेका मजदुरहरू लस्करै सुतेका छन्। उनीहरूले आफूसँग भएका झोला र कपडाको सिरानी हालेका छन्। कतिसँग त सिरानी हाल्ने कपडा पनि छैन। स्क्रोलका अनुसार मजदुरहरू बसेको यो ठाउँ मोदीले हिजो देशवासीलाई सम्बोधन गरेको ठाउँबाट १० किलोमिटरजति पर छ।

यी मजदुरहरू भारतका विभिन्न गाउँबाट दिल्ली गएका थिए र उनीहरू दैनिक जे-जे पाउँथे त्यही काम गर्थे। लकडाउन सुरू हुनु अघि देखि नै उनीहरू काम पाएका छैनन्। उनीहरूसँग भएको दुई-चार सय रुपैयाँ पनि अहिले सकिइसकेको छ । अहिले उनीहरू दिल्ली सरकारले दिएको खाना खान्छन् र नदी किनारमा बस्छन्।

पुलमुनि बसेका एक अधवैंशेले भने- दुई दिनदेखि कसैले खाना दिएको छैन, म पानीको भरमा बाँचि रहेको छु। यस अघि मंगलबार मुम्बईमा घर जान पाइने आशमा हजारौं मजदुर बान्द्रा रेलवे स्टेशनमा आएका थिए । पछि प्रशासनले उनीहरूलाई लाठीचार्ज गरेर तितरबितर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्