चुनावका बेला कसलाई भोट हालेका हौ, जहाँ हालेका हौ, त्यतै राहत माग्न जाऊ’

बेलाैरी, (कञ्चनपुर) ३ बैशाख । विश्वभरि अहिले को;रोना भारसस (को’डिभ १९)ले आ’तङ्क मच्चाइरहेको छ । को;रोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल, भारत लगायतका मुलुकले लक डाउन विधि अबलम्बन गरेका छन् ।त्यही अनुरुप भारतले दोस्रोपटक बैशाख २१ र नेपालले तेस्रोपटक बैशाख १५ सम्मका लागि लकडाउन थपेको छ ।

लक डाउनका बेला दैनिक मजदुरी गरी गुजारा चलाउने, विपन्न समुदायको परिवारका लागि संघीय सरकारले राहत कार्यक्रम ल्याएको छ । संघीय सरकारले यस्ता विपन्न जसको घरमा दैनिक काम नगरी चुलो बल्दैन। यस्तै विपन्न पीडित समुदायका लागि सरकारले राहत कार्यक्रम ल्याए पनि कञ्चनपुरका जनप्रतिनिधिले आरक्ष पी’डित माथि राहत वितरणको साटो ध’म्क्याउने, जिस्क्याउने गरेर अर्घेलाे व्यवहार देखाइरहेका छन् ।

यस्तो महामारीको समयमा चुनावका बेला कसलाई भोट हालेका हौ, कहाँ हालेका हौ,जहाँ हालेका हौ,त्यतै राहत पाईन्छ भन्दै जनप्रतिनिधिले राहत माग्न गएकालाइ पनि फर्काईदिने गरेका छन्। जनप्रतिनिधिले यस्ता विपन्न गरिब र पीडित समुदायको राहतको लागि पहल गर्नुको साटो धम्क्याउने गरेकोप्रति पीडितहरू झन् दुखित भएका छन् । आरक्ष पीडित गोपाल विकले भने, ‘हामीले राहतको नाममा एक दाना चामल पाएका छैनौँ । अहिले भोकभोकै बसिरहेका छौँ ।’

उत्पादन भएका अन्नबाली बेचेर त्यहीबाट नुनतेल किनेर खाँदा भएको अन्न समेत सकिएको उनले बताए । ‘जहाँ भोट दिएका हौ, त्यही वडामा जाउ राहत पाईन्छ भन्छन्, हामीले भोट दिएको स्थानमा जाँदा त्यहाँका वडाध्यक्षले धम्याएर पठाउने गरेका छन्।’ अर्का आरक्षपीडित चन्द्र ऐडीले गुनासाे पाेखे । ‘हामी बसेको वडा उस्तर लालझाडी गाउँ पालिका- ६ मा पर्छ’ उनले भने, ‘त्यहाँ जाँदा जहाँ भोट दिएका हौ, त्यही जाउ वा जताबाट विस्थापित भएका हौ, त्यही जाँउ भनेर जवाफ दिन्छन्।’ न्युज २४ नेपाल मा शीतल भट्टले लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्