काठमाडौं । सनसिटी अपार्टमेन्टमा बस्ने सबैको को;रोना भाइरस परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ। उक्त अपार्टमेन्टमा बस्ने सबैको बुधबार बिहान साढे नौ बजेबाट र्यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको थियो ।
मंगलबार सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका २ जनामा को;रोनाको पुष्टि भएसंगै आज सबैको परिक्षण थलिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएपछि त्यहाँ खुसी छाएको छ । बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रव क्ता डाक्टर विकास देवकोटाले हालसम्म सो अपार्टमेन्टमा गरिएका सबै टेस्टको नतिजा नेगेटिभ आएको बताएका हुन् ।
परीक्षणका लागि स्वास्थ्य सेवा विभागको टोली बिहान ९ बजे अर्पाटमेन्ट पुगेको थियो । लण्डनबाट चैत ४ गते आएर अपार्ट मेन्टमा बसेका एकै परिवारका ३ जनामा सोमवार आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । आरडीटीमा पोजिटिभ देखिए लगत्तै उनीहरूको स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरिएको थियो । भिडीयो यहाँ लिंकमा छ ।
प्रतिक्रिया दिनुहोस्