म’हा मा’रीको बेला नेपाली श्र’मिकलाई कतारले गैर का’नुनी ढङ्गमा नि’ष्का’सन गर्‍याे : एम्नेस्टी

काठमाण्डाै : कतारले को;रोना भाइरस (को’भिड १९) परीक्षण गर्न लागिएको भन्दै सयौं आप्रवासी श्रमिकलाई नियन्त्रणमा लिएर स्वेच्छाचारी ढङ्गमा नि’ष्कासन गरेको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ। फागुन २९ र ३० गते कतार प्रहरीले प’क्रा’उ गरेका २० जना नेपाली श्रमिकहरूसँगको कुराकानी पछि यस्तो थाहा भएको एम्नेस्टीले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

को’भिड–१९ को परीक्षण सकिएपछि सबैलाई आ–आफ्नो आवासमा फर्काइदिने भनेको भए पनि धेरै दिन सम्म हि’रा’सतमा राखेर पछि नेपाल पठाइएको एम्नेस्टीको भनाई छ। ‘हामीले कुरा कानी गरेका कसैले पनि आफूहरुलाई किन यस्तो व्यवहार गरिएको थियो भन्ने कुराको स्पष्टीकरण पाएका छैनन्, न त उनीहरूले आफ्नो हि’रा’सत र नि’ष्कासनका वि’रुद्ध कुनै उजु’री नै गर्न सकेका थिए’, एम्नेस्टी इन्टरनेसनलका ग्लोबल इस्युज्का निर्देशक स्टिभ कबर्नले भन्नु भएको छ ‘अ’मानवीय हि’रासतको अवस्थामा निकै दिन बिताए पछि धेरैजसोलाई नेपाल जाने विमानमा राख्नुअघि आफ्ना सरसामान ल्याउने समेत अवसर दिइएको थिएन ।’

यो महामारीलाई आप्रवासी श्रमिक विरु’द्ध थप दु’व्र्यव’हार गर्ने अवसरको रूपमा दुरुपयोग गरिनु एकदमै दुःखद भएको कबर्नको भनाइ छ । यसरी दु’र्व्यवहार गरेर स्वदेश फर्काइएका श्रमिकहरुलाई उनीहरूले चाहेको खण्डमा कतार फर्कन दिनु पर्ने र उनीहरू कार्यररत रहेका रोजगारदाता कम्पनीहरूले पारिश्रमिक लगायतका अन्य सेवा सुविधाहरू यथाशीघ्र भुक्तानी गर्नुपर्ने कबर्नले बताउनुभ एको छ ।

प्रतिक्रिया दिनुहोस्