प्रहरीसँग लिएको पं’ङ्गा गायिका आस्था राउतलाई महंगो पर्यो, अनुसन्धान सुरु

काठमाडौं : गायिका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्य’वहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जाल मार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) हालिन्। उक्त भिडियो सामाजिक सञ्जालमा भा’इरल छ। दश मिनेट ३१ सेकेन्ड को भिडियोमा उनले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको शुक्रबार सिसीटिभी फुटेज नै सार्वजनिक भयो ।

‘फुटेज’मा प्रहरीको भन्दा गायिका राउतको गतिविधि शंकास्पद देखिन्छ। सिसिटिभी फुटेजमा महिला प्रहरीले सुुरक्षा जाँचका बेला कुनै दुव्र्य’वहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरण सहित जानकारी गराएकी छन। उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुप¥यो, म गायिका हो, चिन्नु भएन?’ भनेर गायिका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताए। राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै उनले महिला प्रहरीबाट कुनै दुव्र्य’वहार नभएको जिकिर गरे।

घटना बुधबार अपराह्नको हो। राउत त्रिभुवन विमान स्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो । उनले, प्रहरीका ठूला पोष्टमा बस्ने हरुलाई मात्र हजुर हजुर भनेर सम्बोधन गर्ने तर साधारण जनतालाई सम्मान नगर्ने बानी हटाउन नेपाल प्रहरीसँग आग्रह गरेकी छिन् । आस्थाले भिडियोमा भनेकी छिन्–‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ ।

प्रतिक्रिया दिनुहोस्