आजको राशिफल : वि.सं.२०७७ साल वैसाख ०४ गते । बिहीबार ।

ज्योतिषी गणेश काफ्ले । वि.सं.२०७७ साल वैसाख ०४ गते । बिहीबार । ईश्वी सन् २०२० अप्रिल १६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्ण पक्ष । तिथि– नवमी, ३९ घडी ४८ पला,बेलुकी ०९ बजेर ३६ मिनेट उप्रान्त दशमी । काठमाडौंमा सूर्योदय ०५ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २८ मिनेट । दिनमान ३२ घडी ०० पला । भक्तपुरमा छुमा गणेश यात्रा।

मेष : सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्वपूर्ण कामहरु बन्नेहुनाले आर्थिक अवस्था सुदृढ हुने छ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरु भन्दा निकै नै अगाडि बढी पुरस्कार तथा प्रशंसापत्र जित्न सकिनेछ । तरपनि खानपान तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष : सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ। अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ। प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवनसाथीको पनि सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन : परिवारमा आफन्त तथा पति पत्निबीच विवाद बढ्नेछ भने माइति चेलिबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरु नै लागि पर्नेछन्। कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउने समय रहेकोछ भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउन असजिलो हुनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट : पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह : पठन पाठनमा अलि मन नजाँदा गृहकार्यहरु समयमा सकाउन मुस्किल पर्नेछ । आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्वन्धमा विश्वास बढेर जानेछ । विवाद प्रतिस्पर्धामा विपक्षहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या: पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरु खुसी हुने छन्। माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाइलो यात्रा हुनेछ। सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउने छ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला : माया प्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवनसाथीको असहयोगले कामहरु समयमा सम्पन्न नहुने योग रहेकोछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइने छ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकै नै संघर्ष गर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक : माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउन सकिनेछ । खानपानमा तथा सरसफाइमा ध्यान दिनुहोला ।

धनु : आफन्तसँग मिलेर काम गर्न सकिनेछ । अध्ययनमा मन जानेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जाने छ । साथी भाइ सँगको रमाईलो बसाइमा स्वादिष्ट भोजनका साथ समय ब्यातित गर्न सकिनेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर : अध्ययन तथा प्रतिस्पर्धामा तपाईको नाम एक कदम अगाडि आउनेछ भने प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ। राजनीति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ : वि’वादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन। साथीभाइ तथा आफन्तहरुको भेट घाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागि अलि बढि मेहनत गर्नुपर्नेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मीन : अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरि अरुभन्दा अगाडि बढ्न सकिने छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिने छ । साथीभाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्