भारतबाट ल्याइएको ९२ हजार १२५ किलो टमाटर नष्ट गरियो

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले भारतबाट ल्याइएको टमाटर नियन्त्रणमा लिएर नष्ट गरेको छ। भारतबाट टमाटर आइरहेको खबर पाएपछि बेलदमार पुगेर टमाटर नियन्त्रणमा लिएको संघका महासचिव नरेश कार्कीले जानकारी दिए ।टमाटर ल्याउने पक्षसँग कहाबाट ल्याएको र कहाँ लैजाने भन्ने कुनै आधिकारिक प्रमाण नभएको कार्कीले बताए ।

सो गाडी नेपाली भए ता पनि टमाटर भने भारतबाट ल्याएको भन्ने धेरै आधारहरु भेटिएपछि संघमा ल्याएर सरोकारवालाहरु सँगको छलफल पछि नष्ट गर्ने निणय गरेको हो । लु १ च १९६२ नम्बरको गाडीमा ल्याउँदै गरेको ८५ क्यारेड ९२ हजार १२५ किलो टमाटर नियन्त्रणमा लिएको संघका अध्यक्ष नाराणणप्रसाद भुसालले जानकारी दिए ।

संघले बाहिरी जिल्लाबाट तरकारी तथा फलफूल ल्याउन रोक लगाएको छ। तर व्यवसायीहरुले अटेरी गरेर ल्याएकाले नियन्त्रमा ल्याएको संघले जनाएको छ ।टमाटर नियन्त्रणमा लिनका लागि संघका अध्यक्ष नारायणप्रसाद भुसालको नेतृत्वमा संघका कोषाध्यक्ष सुशील पोख्रेल र सदस्य महेन्द्र बुढाथोकीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्