मास्क र पिपिई जोगाउन टेकुका डाक्टर र नर्स २४ सै घन्टा ड्युटीमा

काठमाडौं : देशमा खरिद–बिक्री, ठेक्कापट्टा, भ्रष्टाचार र छानबिनको आफ्नै कथा छ, तर त्यो कोलाहलकै बीच स्वास्थ्यकर्मीहरू संक्रामक रोगको उपचारमा दिनरात खटि रहेका छन्। को;रोना वि’रुद्धको सं’घर्षमा अग्रपंक्तिमा यी योद्धाहरू २४सै घन्टा ड्युटीमा छन्, किनकि उनीहरूलाई आठ-आठ घन्टामा फेर्ने पिपिई छैन।

अहिले देशमा सबैभन्दा बढी सुनिएको शब्द हो पिपिई अर्थात् व्यक्तिगत सुरक्षा उपकरण । तर,यो देशमा सबैभन्दा बढी अभाव पनि त्यसैको रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा सागर चन्दले लेखेका छन्। त्यसैले को;रोना उपचारका लागि समर्पित टेकुको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका स्वास्थ्यकर्मी २४ घन्टा ड्युटीमा खटिएका छन्।

डा.श्रवणकुमार मण्डल स्वास्थ्यकर्मी र कर्मचारीका लागि दिउँसोको खाजा व्यवस्थापन गर्न तल्लीन थिए। उनीहरूको खाना, खाजा अस्पतालमै हुन्छ, दिनरात अस्पतालमै बित्छ। नेपालमा को;रोना संक्रमण देखिनुअघि अस्पतालका स्वास्थ्यकर्मी बिहान, बेलुका र राति गरेर तीन सिफ्टमा काम गर्थे।

‘तर, अहिले हामी २४सै घन्टा ड्युटी गरिरहेका छौँ । २४ घन्टे ड्युटीले पिपिई जोगाएको छ’ डा.मण्डलले भने, ‘सिफ्ट फेर्‍यो भने हरेक सिफ्टका स्वास्थ्यकर्मीलाई नयाँ पिपिई चाहिन्छ । तर, २४ घन्टा एकजनाले ड्युटी गर्‍यो भने एउटा मात्र पिपिईले पुग्छ, किन कि हामीलाई बिरामीको ज्यानसँगै पिपिई पनि जोगाउनु पर्ने चुनौती छ।’

प्रतिक्रिया दिनुहोस्