मौसमविद् भन्छन्- आज चट्याङ र हावाहुरीको सम्भावना, ज्यान जोगाउनू

काठमाडौं: आज (बिहीबार) काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा हावाहुरी आउने र चट्याङ पर्ने सम्भावना रहेकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला काठमाडौं उपत्यकाका केही ठाउँमा मेघगर्जन सुरु भइसेको छ।

‘काठमाडौं उपत्यकाका उत्तर-पश्चिम तथा नुवाकोट, धादिङ र रसुवामा बिहानै मेघगर्जन, वर्षा र हावाहुरी सुरु भइसकेको छ’ ‘यो बिस्तारै देशका अन्य स्थानमा पनि सुरुहुने क्रममा छ।’ मौसविद् बासीका अनुसार आज विशेषगरी देशका पूर्वी र मध्य क्षेत्रका केही स्थान र पश्चिमका थोरै स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङको सम्भावना छ।

‘वर्षा पनि हुन्छ तर हल्का,’ उनले भनिन्, ‘अहिले बाढी पहिरो जाने वर्षा त हुँदैन तर डर हावाहुरी र चट्याङको हो, कतिपय ठाउँमा चट्याङले मानिसको ज्यान लिइ रहेको छ, तसर्थ सतर्कता अपनाउन जरुरी छ ।’ उनका अनुसार आज त्यस्तो ठूलै खालको हावाहुरी नआए पनि सामान्य भन्दा अलि बलियै खालको आउने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्