लकडाउनमा पनि पूर्वाधार निर्माण !

काठमाडौँ, वैशाख ४ गते । को;रोना भाइरस (को’भिड –१९)को स’ङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ ।को;रोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सुरक्षा मापदण्ड पूरा गर्दै सडक र पुलसँग सम्बन्धित डेढ सयभन्दा बढी आयोजनाको काम अगाडि बढाइएको सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक केशवकुमार शर्माले भन्नुभयो, “को;रोना महामारी नभएको भए अहिले मुलुक भरि तीन हजार आयोजनाको काम तीव्र गतिमा भइरहेको हुन्थ्यो।” को;रोना स’ङ्क्रमण फैलिन नदिन सरकारबाट भएका निर्देशनहरूलाई पूर्ण पालना गर्दै अहिले मुलुकभरि सडक र पुलसँग सम्बन्धित डेढ सय आयोजनाको काम सुरु गरिएको छ । शर्माले भन्नुभयो, “काममा खटिने जनशक्तिको स्वास्थ्यको पूर्णरूपमा ख्याल गर्दै काम अगाडि बढाइएको छ ।”

डेढ सय आयोजनामध्ये साठीवटा पुल र बाँकी सडक रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अहिले काम गरिने ठाउँमा निर्माण सामग्री र जनशक्ति उपलब्ध भएका आयोजनाहरूलाई नै प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ, अहिले काम भइरहेका आयोजनाहरूमा करिब तीन हजार जनशक्ति विभिन्न आयोजनामा संलग्न छन् ।” बन्दाबन्दी सुरु हुनुअघि करिब ३० हजार जनशक्ति सडक र पुल निर्माणमा कार्यरत थिए । आजको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्