सर्वोच्चले भन्यो, ‘विदेशमा जोखिममा रहेका नेपाली नागरिकको उद्दार गर्नु’

काठमाडौं, ०४ बैशाख । विश्वभर को’भिड १९ नाम दिइएको प्राणघातक को;रोना भाइरसका कारण विभिन्न मुलुकमा लकडाउन गरिएको छ । यसैबीच वैदेशिक रोजगारीमा रहेका अत्यन्त जो’खिम अवस्थामा रहेका नेपाली नागरिकको उद्दार गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजालसले बैदेशिक रोजगारीको क्रममा विदेशमा रहेका नेपाली नागरिकहरुको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जो’खिमबाट संरक्षण गर्न विना स्वेच्छा चारी, विवेक पूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देज सहित फिर्ता ल्याउन तथा उद्दारका लागि पहल गर्न अन्तरिम आदेश दिएको हो ।

सवोच्चको आदेशमा उल्लेख गरिएको छ, ‘वैदेशिक रोजगारीमा रहेको अत्यन्त जो’खिममा रहेको नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जो’खिमबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहु संख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै सुक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले विना भेदभाव, विना स्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नि’यन्त्रणको शर्त बन्देज सहित फिर्ता ल्याउने उद्दारका लागि आव श्यक प्रशासनिक, आर्थिक व्यवस्थापकीय पहल गर्न विपक्षीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’

प्रतिक्रिया दिनुहोस्