लक डाउनमा हिँडेर घर फर्किएका युवाको खसेर मृ’त्यु

धादिङ : को;रोना भा’इरसका कारण लक डाउनले काम गर्ने ठाउँमा थु’निएपछि पैदलै घर फर्किँदै गर्दा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरीका एक युवाको पुलबाट खसेर मृ’त्यु भएको छ। चितवनमा मुजदुरी गर्दै आएका ३८ वर्षीय होमबहादुर रानाको आफ्नै गाउँ नजिकैको बुंकोटघाट पुलबाट खसेर मृ’त्यु भएको हो। ज्वालामुखी गाउँपालिका-५ स्थित बाझोघर स्थाई घर भएका राना रोजगारीको लागि सपरिवार चितवनमा बस्ने गर्दथे।

रानाले बुधबार राति आफू घर आइरहेको जानकारी परिवारलाई गराएका थिए। रानाले परिवारलाई आफूलाई लिन बुङ्कोट घाटसम्म आउन भनेपछि उनको परिवार बुधबार राति नै बुंकोटघाट पुलमा पुगेको थियो। बुधबार राती साढे ८ बजेसम्म सम्पर्कमा रहेका रानाको त्यसपछि फोन उठेको थिएन। चेकजाँच कडाइ गरिएकाले गोरखापटि नै बसेको हुनसक्ने आशंकामा पुलसम्म लिन गएका परिवारका सदस्य पनि घर फर्किएका थिए।

बिहीबार विहान भने पुलमुनि मृ’त अवस्थामा रानाको श;व फेला परेको थियो। मृ’तक राना लक डाउन अघि परिवार सहित चितवनमा बस्दै आएका थिए। लक डाउन अघिनै उनको परिवार गाउँ फर्किए पनि उनी भने केहि दिनमा लक डाउन खुल्ने आशामा चि तवन मै बसेका थिए। लकडाउन थपिँदै गएपछि उनी पैदलै हिडेर गाउँ फर्किएका थिए। अन्नपुर्ण पोस्टमा मनीष दुवाडीले लेख्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्