ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज, स्वास्थ्य सामग्री लिएर शुक्रबार फर्कने

काठमाडौं, ०४ बैशाख । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन् । ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेर अघि त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थलबाट ग्वाङ्जाओका लागि उडान भरेको हो ।

चीन बाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका हुन् । दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउन लागेको बताइएको छ । दुवै जहाज शुक्रबार काठमाडौँ फर्कने निगमले जनाएको छ । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

लक डाउनको अवधिमा निगमका अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले सात अन्तरराष्ट्रिय उडान भरेको छ । यी मध्ये आजको उडान सहित चार कार्गो र तीन उ’द्धार उडान हुन् । वाइडबडी ए–३३० दुई र न्यारोबडी ए—३२० दुई थान जहाजबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । फाईल तस्बिर

प्रतिक्रिया दिनुहोस्