आजको राशिफल : वि.सं.२०७७ साल वैशाख ०५ गते । शुक्रबार ।

ज्योतिषी गणेश काफ्ले : वि.सं.२०७७ साल वैशाख ०५ गते । शुक्रबार । ईश्वी सन् २०२० अप्रिल १७ तारिख। नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु। श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष। तिथि– दशमी, ४२ घडी ०८ पला, बेलुकी १० बजेर ३१ मिनेट उप्रान्त एकादशी । नक्षत्र– धनिष्ठा,५५ घडी ३२ पला,रातको ०२ बजेर ५२ मिनेट उप्रान्त शतभिषा । योग– शुभ,३७ घडी ०५ पला,बेलुकी ०८ बजेर २९ मिनेट उप्रान्त शुक्ल ।

मेष : अध्ययनमा सुधार भएर जाने योग रहेकोछ । स्वास्थ्यमा सामान्य समस्या आएपनि हल गर्दै अगाढि बढ्न सकिनेछ । दिदी बहिनीहरुको समयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । आम्दानीमा कमि आई आर्थिक संकटको सामना गर्नुपर्नेछ । खानपान तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष : सहयोगीहरूले राम्रो साथ दिनेछन् भने गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । विभिन्न उपहार प्राप्त हुने समय छ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ। तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन : सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला। अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ। अरुकै कामका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाति रहनेछ । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट : पढाइ लेखाइमा उल्लेख्य सुधार भएर जानेछ । आफन्त तथा सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसी रहने छ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह : माया प्रेम तथा पारिवारिक जीवन सन्तोष प्रद हुनेछ । विद्या बुद्धिको प्रयोग मार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । पुराना रोगहरु केहि भए स्वत ठिक हुनेछ । व्यापारमा मन्दि तथा घाटा लाग्नेछ । वाहिरी वातावरणको तथा सरसफाइ मा ध्यान दिनुहोला ।

कन्या : सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुसी हुनेछन् । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला : आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ । कृषि तथा पशुपालन व्यवसायबाट न्युन आम्दानी हुनेछ। समाजिक काममा समय दिनु पर्नेछ । सवारी साधन तथा अन्य भौतिक सम्पतीको प्रयोग नगर्नुहोला । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक : स्वअध्ययनले पढाइ लेखाइमा प्रगती गर्न सकिनेछ। प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ। व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ। खानपानमा तथा सरसफाइमा ध्यान दिनुहोला ।

धनु : व्यवसायमा घाटा लाग्ने छ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापना गर्न गाह्रो हुने छ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहने छ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

मकर : सामाजिक सञ्जाल तथा नया प्रविधिको प्रयोग गरि समय व्यातित गर्न सकिने छ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तब्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुने छ । तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ : समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका आजको दिन टाढै रहनु उपयूक्त हुनेछ भने घर परिवारमा आफन्तसँग मानमुटाव सिर्जना हुनेछ। वाहिरी वाातावरण तथा स्वास्थ्य को ख्याल गर्नुहोला ।

मीन : सन्तान सुख मिल्नेछ भने परिवारसँगै समय व्यातित हुनेछ । पूख्याैली सम्पतिको प्रयोग गर्नुहोला । पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुदा मन प्रशन्न हुनेछ। माया प्रेमको डोरो कसिलो भएर जानेछ। तरपनि वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला । तपाईको दिन शुभ रहोस्

प्रतिक्रिया दिनुहोस्