खाडी राष्ट्रको निर्णयले सरकार अन्योलमा

काठमाडौं, ५ बैसाख । खाडी राष्ट्रमा को;रोना भाइरस (को’भिड–१९) को संक्रमण बढेपछि ती मुलुकले फरक– फरक निर्णय लिइ रहँदा कामदार पठाउने नेपाल जस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन् । करिब ३ लाख नेपाली रहेका युनाइटेड अरब इमिरेट्स (यूएई) र ६० हजारभन्दा बढी नेपाली कामदार रहेको कुवेतको घोषणाले नेपाल मात्र होइन, अन्य मुुलुक पनि समस्यामा परेका हुन् ।

साउदी अरेबिया, कतार, यूएई, बहराइन, ओमान र कुवेतमा यतिबेला करिब २० हजार संक्रमित रहेको तथ्यांक आइरहँदा उनीहरू आफ्ना नागरिकको सुरक्षाका लागि अनेक निर्णय लिन थालेका छन्। यस्तो निर्णयले कैयन् नेपालीले रोजगारी गुगाएका छन् । बिदा मा रहेकाहरू घर फर्कन पाएका छैनन्। घुम्न पुगेकाहरू त्यहीँ अड्किएका छन् ।

अधिकांश कम्पनी बन्द भएकाले नेपालीहरू कोठामै बसिरहेको र कतिपयको त जागिर समेत गुमेकाले हातमुख जोर्नै गाह्रो भएको छ । रोजगारी गुमाएका विदेशी नागरिक छिट्टै आफ्नो मुलुक फर्किऊन् भन्ने खुला धारणा यूएईले बाहिर ल्याए पनि अन्य मुलुकले त्यस लाई पछ्याउने भएकाले यसमा सरकारले व्यवस्थापनको बाटो तय गर्न आवश्यक देखिन्छ । आजको अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्