आपतमा बिनाझन्झट नि:शुल्क सघाउँदै महावीर पुनको आविष्कार केन्द्र

काठमाडौं : स्वास्थ्य सामग्री किन्न समेत नपाइएका बेला राष्ट्रिय आविष्कार केन्द्रले एरोसोल बक्स, को;रोना बुथ र इमर्जेन्सी भेन्टिलेटर बनाएर अस्पताल हरूलाई नि:शुल्क वितरण गरिरहेको छ । केन्द्रमा पीपीई माग्न आउने एम्बुलेन्स चालक पनि उत्तिकै थिए। केन्द्रले अस्पतालको चिठीबिनै लाइसेन्सको फोटोकपी, एम्बुलेन्स नम्बर र संस्थाको नाम टिपाएकै आधारमा पीपीई उपलब्ध गराउने गरेको छ।

‘बिनाझन्झट पैसा नतिरी पीपीई पायौं’ आनन्द वन अस्पतालका एम्बुलेन्स चालकले भने, ‘किन्नसमेत नपाइने यस्तो सामान पायौं, अब अलि सुरक्षित हुने भइयो।’ केन्द्रका अनुसार मुलुकभरका ३ सयभन्दा बढी एम्बुलेन्स चालकलाई पीपीई वितरण गरिसकिएको छ। केन्द्रले चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत पीपीई उपलब्ध गराउँदै आएको छ। केन्द्रको पछिल्लो उत्पादन कोरोना बुथ हो।

यसबाहेक पीपीई, एरोसोले बक्ससमेत बनाएर अस्पताललाई नि:शुल्क वितरण गरिरहेको छ। वर्षौं बिग्रिएर थन्किएको सरकारी अस्पतालको भेन्टिलेटरसमेत बनाइसकेको केन्द्रका बायोमेडिकल इन्जिनियर सञ्जयबहादुर सिंहले बताए। सरकारी अस्पतालमा बिग्रिएर थन्कि एको भेन्टिलेटरसमेत बनाएको छ । संक्रमित बिरामी भएको ठाउँसम्म औषधि र खानेकुरा पठाउने रोबोट निर्माण पनि अन्तिम चरणमा पुर्‍याएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्