लकडाउन अवधिभर बिना अनुमति एक जिल्लाबाट अर्को जिल्लामा जान नपाइने

काठमाडौं, ०४ बैशाख । गृह मन्त्रालयले आजबाट लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रो’क लगाएको छ । को;रोना संक्रमित बढ्दै गएपछि मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन भनेको हो ।

गृहको यो निर्णयसँगै विभिन्न जिल्लाबाट घर फर्किन हिँडेका माथि थप समस्या पर्ने भएका छन्। गृहले हाल बसोबास गरिरहेको स्थानबाट अन्यत्र नजान पनि सर्वसाधारणलाई अपिल गरेको छ। सुरक्षा निकाय, दुवै प्रहरी संगठन र सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई परिपत्र गरेर मानिस आवतजावत कडाइका साथ नियन्त्रण गर्न निर्देशन गरिएको छ ।

निर्देशन अवज्ञा गरेर हिडडुल गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिने छ । वैशाख २ गते नै बसेको मन्त्रिपरिषद् बैठकले भारतीय सीमा नाका अनिश्चित कालका लागि बन्द गर्दै नाका सिल गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्