चीनबाट औषधि र स्वास्थ्य सामग्री लिएर काठमाडाैं आइपुगे दुई वटै वाइडबडी

काठमाडाैं, ५ वैशाख । चीनको ग्वान्झाउबाट औषधि र स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगम (नेपाल एयर लाइन्स) का दुई वाइडबडी ए–३३० जहाज काठमाडौं आइ पुगेका छन् । एउटा जहाज बिहान ७ बजे र अर्को जहाज बिहान सात बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वा’स्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए । नेपालका निजी क्षेत्रले औषधि र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र साङ्ग्रिला फ्रेटले जहाज चार्टर्ड गरेका हुन् । यी जहाज बिहीबार ५ बजेर ५४ मिनेटमा साँझ पौने ६ बजे ग्वान्झाउको लागि उडेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

अबको केहीबेरमा जहाजमा रहेका स्वास्थ्य सामग्री निकालिने छ । चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यस अघि पनि चैत १६ र २० गते ग्वाङ्जा ओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्