औषधि बोकेको देख्दा देख्दै कलंकीमा प्रहरीले यसरी कु’ट्यो दुई महिला र एक पुरुषलाई

काठमाडौं: काठमाडौंको कलंकीमा औषधि लिएर फर्किंदै गरेका दुई महिलासहित तीन जनालाई प्रहरीले निर्मम रूपमा कु’टपिट गरेकाे छ। हातमा औषधिको झोला बोकेका ती दुई महिला र पुरुषले ‘हामी अति जरुरी औषधि किनेर फर्किए का हौं, औषधि किनेको बिल देखाउँछौं’ भन्दाभन्दै पनि प्रहरीले लछारपछार गरी निर्मम ढंगले लाठी प्रहार गरेका हुन्।

बिहीबार साँझ भएको यो घटना हेल्थपाटी युट्युबले आफ्नो भिडियोमा राखेको छ। जहाँ प्रहरीले एक पुरुष र दुई महिलालाई समातेर लाठी प्रहार गरिरहेको र पीडितहरूले गुहार गुहार भन्दै चिच्याइरहेको दृश्य देखिन्छ। यसअघि बुधबार बेलुका पनि प्रहरीले महाराज गन्जमा त्रिवि शिक्षण अस्पतालका तीन डाक्टरलाई परिचयपत्र देखाउँदा देखाउँदै कुटेका थिए।

त्यो घटनाको छानबिन गर्न बनेको समितिले अहिले अनुसन्धान गरिरहेको छ। को;रोना महामारी नियन्त्रणका लागि सरकारले अहिले देशभर लकडाउन गरेको छ र अत्यावश्यक काम नपरी कसैलाई पनि घरबाट ननिस्कन भनेको छ। तर यसका नाममा प्रहरीले अत्या वश्यक कामका लागि हिँडेका नागरिकलाई पनि दुव्र्यवहार र कुटपिट गर्न थालेपपिछ आलोचना बढेको छ। नेपाल खबरबाट साभार

प्रतिक्रिया दिनुहोस्