कतारबाट नेपाली कामदारहरु जबर्जस्ती निकालिए

काठमाडौं : कतारमा रहेका सयौं नेपाली कामदारलाई त्यहाँका कम्पनीले स्वेच्छाचारी ढंगमा निष्कासन गरिदिएको खुलासा भएको छ । उनीहरुलाई को;रोना भाइरसको परीक्षण गर्न भन्दै कतारी अधिकारीहरुले नियन्त्रणमा लिइ निष्कासन गरि एको थियो । एम्नेस्टी इन्टरनेश्नलले यसबारे रिपोर्ट सार्वजनिक गरेको छ । अन्नपुर्ण पोस्टमा खबर छ ।

जहाँ उक्त संस्थाले केही नेपाली कामदारको अन्तर्वार्ता लिँदा उनीहरुले आफूहरु प’क्राउ परेको र हि’रा’सतमा पुगेको बताएका छन् । परीक्षणका लागि भनेर लगिए पनि उनीहरुलाई हि’रास’तमा लगिएको ती कामदारले एम्नेस्टी इन्टरनेश्नलसँग बताएका छन्। कति पय कामदारलाई त आवासबाटै प’क्राउ गरिएको थियो । त्यस क्रममा उनीहरुको साथबाट मोबाइल र कागजात समेत जफत गरिएको उनीहरुले बताएका थिए ।

साथै फोटो खिचेर औँठाछाप समेत लिन लगाइएको थियो । भीडभाड सहित कामदारहरुलाई हिरासतमा थुनिएको पनि बताइएको छ । एम्नेस्टीले २० नेपाली कामदारको अन्तर्वार्ता लिएको थियो । जहाँ उनीहरुले आफूहरुमाथि अमानवीय व्यवहार भएको गुनासो गरेका छन् । उनीहरुलाई विभिन्न मितिमा अधिकारीहरुले निष्कासन गरेका थिए । केहीले भने आफूलाई एयरपोर्टमा पुगेपछि मात्रै निष्कासन भएको जानकारी पाएको बताए ।

यस्तो हुँदा उजुरी समेत दिन नपाएको उनीहरुको भनाइ छ । कतारी अधिकारीहरुले भने औधोगिक क्षेत्रमा नेपाली कामदारहरुले ‘गैर कानुनी तथा अनैतिक गतिविधिमा संलग्न’ भएकाले नि’ष्कासन गरिएको प्रति क्रिया दिएका छन्। तर एम्नेस्टीको रिपोर्ट अनुसार ती कामदारहरुलाई अधिकारीहरुले आपराधिक गतिविधिमा संलग्न भएको कुनै आरोप लगाएको पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्