काठमाडौंबाट धनगढी पुगे ३३ जना चिकित्सकको टोली

धनगढी : सुदूरपश्चिम प्रदेशमा को;रोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली आज धनगढी आइ पुगेको छ। स’ङ्क्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि पनि संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली धनगढी पठाएको हो।

केही बेर अघि मात्रै यती एयरलाइन्सको जहाज मार्फत् चिकित्सकको टोली धनगढी आइ पुगेको हो। संघीय स्वास्थ्य मन्त्रालयले उनीहरुलाई धनगढी पठाएसँगै सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताल लगायत आवश्यक परे अन्य अरु अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने बताए । सुदूर पश्चिम प्रदेशमा अहिलेसम्म को;रोना स’ङ्क्रमितको संख्या पाँच पुगि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्