नेपालमा एकैदिन थपिए १४ को’रोना संक्रमित, संक्रमितको संख्या ३० पुग्यो!

काठमाडौं – नेपालमा आज थप १४ जनामा को;रोना भाइरसको सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार उदयपुरका १२ जना पुरुष रहेका छन् भने चितवनमा एक पुरुष र महिला रहेका छन्।

उदयपुरमा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय र चितवनमा २७वर्षका पुरुष र ६३ वर्षीया महिलामा को;रोना भाइरस देखिएको हो। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा को;रोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसअघि उदयपुरका १२ जनाको विराटनगरस्थित कोशी अस्पताल र चितवनका २ जनाको चितवनमा गरिएको परीक्षणमा पनि को;रोना पोजेटिभ देखिएको थियो। त्यसपछि थप परीक्षणका लागि टेकुमा पठाइएको थियो। टेकुमा परीक्षणका क्रममा पनि सबैको पोजेटिभ रिपोर्ट आएपछि मन्त्रालयले उनीहरुका विषयमा जानकारी सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्