जनताको पी’डामा दर्शक मात्रै भयो सरकार : सभापति देउवा

काठमाडौं, वैशाख ५ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार नि’मुखा जनताको पी’डा माथिको दर्शक भएको बताएका छन् । काठमाडौंमा श्रम गरिरहेकाहरु लक डाउन पछि खाना र बस्ने ठाउँ नहुँदा सयौं किलोमिटर पैदल हिँडेर गाउँतर्फ गएको भन्दै उनले सरकारमा बसेकाले नि’मुखाको त्यो यात्राको दर्शकमात्र हुन नमिल्ने बताएका हुन् ।

को;रोना रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोजगारीका लागि अन्यत्र पुगेका नि’मुखा जनताको पि’डामा सरकार दर्शक भएको बताएका हुन् । खान नपाएर दैनिक सयौँ किलो मिटर पैदल हिँडेर हजारौं मजदुर घर गइरहेको अवस्थामा सरकारले जनता माथि खे’लवाड गरेको आ’रोप पनि उनले लगाएका छन् । ‘यस्तो संकटमा सरकार भरथेग सबैभन्दा बढी नि’मुखा जनता माथि हुनुपर्ने हो’

उनले भने, ‘तर सरकारमा बसेकाहरू ती नि’मुखाहरूको त्यो पी’डादायी यात्राको दर्शक मात्रै भएको छ ।’ देउवाले लक डाउनको कारण काठमाडौं लगायत विभिन्‍न क्षेत्रबाट खाना र बस्‍ने व्यवस्था नभएर पैदल घर गइरहेका नागरिकलाई खान बस्न मिलाउन पनि कांग्रेसका कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्