लकडाउनमा कसैलाई हिंडन नदिनुस्, खान नपाएकालाई खाद्यान्न दिनुस् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले लक डाउन पूर्ण रुपमा कार्यान्वयन गराउन निर्देशन दिएका छन्। आज साँझ मन्त्रिसहित को;रोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका सदस्यहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले लक डाउनलाई कडी कडाउ गर्न निर्देशन दिएका हुन् ।

मन्त्री तथा उच्चस्तरीय समितिका सदस्यसहित सुरक्षा अंगका प्रमुखहरुलाई बालुवाटारमा बोलाएर निर्देशन दिँदै प्रधानमन्त्री ओलीले सरकारको निर्णय नमान्ने जो कसैलाई का’रवाहीको दायरामा ल्याउन समेत भनेका छन् । ‘लक डाउनलाई कडि कडाउ गर्नु, कसैलाई पनि छुस्रुक्क पनि हिँडन नदिनु,’ ‘लकडाउन सवैका लागि हो । यसको कार्यान्वयन गर्ने मुख्य दायित्व सुरक्षा निकायको हो, यस्तो अवस्थामा सुरक्षा निकाय के हेरेर बसेको छ ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

लक डाउनको बेला मानिसहरू हिँडेरै आफ्नो गृह जिल्ला गइरहेका बेला प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिपरिषद्का सदस्य र उच्चस्तरीय समन्वय समितिका सदस्य बोलाएर छलफल गरेका थिए। छलफलमा समितिले हिँडेरै घर जानेबारे दुई विकल्प पेस गरेको थियो।

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्ता दिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर सरोकारा वाला निकाय र व्यक्तिहरुलाई यस्तो निर्देशन दिएका हुन् । बैठकमा प्रधानमन्त्रीले ‘खान नपाएर कोही खान गाउँ जानु पनेए अवस्था नआओस्, यदि कसैले खानै नपाउने अवस्था आए त्यहाँ तत्कालै खाद्यान्न पुर्‍याउनु’ ।

प्रतिक्रिया दिनुहोस्