काठमाडौंबाट कुम्लो, कुटुरो बोकेर हिँडेका मजदुर, गरीबहरु देख्दा भावुक हुन्छु : प्रचण्ड

काठमाडौं : पहिलो कुरो के होभने हामीले देशमा ठूला ठूला राजनीतिक परिवर्तन गर्न पनि राजनीतिक सहमति, समझदारीको आधारमा सम्भव भएको हो। किनकी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म देशलाई ल्याई पुर्याउनको लागि राजनीतिक दलहरुको भूमिका, नागरिक समाजको भूमिका, पत्रकारहरुको भूमिका र आम नेपाली जनताको भूमिका ईतिहासमा स्थापित भई नै सकेको छ ।

अब यसमा मेरो के कति योगदान रह्यो भन्ने कुरा ईतिहास र जनताले मूल्यांकन गर्ने कुरा हो। मलाई खुशी के मा छ भने त्यो राष्ट्रिय सहमति बनाउन र एउटा ऐतिहासिक परिवर्तनतिर देशलाई लैजानको लागि भूमिका खेल्ने, योगदान गर्ने अवसर मलाई प्राप्त भयो । म त्यसमा आफूलाई गर्वको महशुस गर्दछु । दोस्रो, देशमा राष्ट्रिय विपत्तिका स्थितिहरु यो बीचमा पनि आए । चाहे महाभुकम्पको कुरा होस् ।

कहिले ठूला–ठूला पहिरो र बाढीका कारणले भएको क्षति होस् । त्यो सबैमा मैले आफ्नो तर्फबाट कहिले प्रधानमन्त्रीको रुपमा र कहिले वि’पक्षी दलको नेताको रुपमा राष्ट्रिय सहमति बनाउन सबैलाई संगै लिएर जानको लागि मैले भूमिका खेल्ने अवसर प्राप्त गरें । मलाई त्यसमा पनि गर्व छ । र, अझ महत्वपूर्ण राजनीतिक कुरा के हो भने देशमा संविधान घोषणा गराउन, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा गराउने कुरा निकै चूनौतिपूर्ण कार्य भएको थियो ।

त्यसमा राजनीतिक दलहरुका बीचमा सहमतिबिना संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा गराउन सम्भव थिएन । त्यतिवेला पनि मैले यो परिवर्तनको निम्ति ठूलो जोखिम र आन्दोलनको नेतृत्व गरेको नाताले र संविधानसभामा पनि एउटा महत्वपूर्ण उपस्थिति को नाताले मैले भूमिका खेल्ने अवसर प्राप्त गरें । मैले त्यतिवेला भएका प्रमुख राजनीतिक दलका नेताहरु कसैलाई प्रधानमन्त्री, तपाईलाई नै म समर्थन गर्छु भनेर पहिले नै एउटा प्रतिबद्धता व्यक्त गरें ।

कतिलाई मैले राष्ट्रपतिमा म समर्थन गर्छु भनेर भनेको थिएँ । र, यो सबै समझदारी बनाएर संविधान घोषणा गराउने सफलता पनि हामीलाई प्राप्त भयो । म त्यसमा पनि गर्व गर्दछु । मुख्य चूनौति त देशलाई निर्वाचनतिर लगेर देशलाई लोकतान्त्रिक गणतन्त्र कार्या न्वयनमा जान्छ कि जाँदैन ? संविधान त घोषणा भयो, निर्वाचनतिर सिंगै राष्ट्र जान्छ कि जाँदैन ?

किनकी मधेश, पहाड र हिमाल सबै ठाउँमा बस्ने जनसमूदाय यो निर्वाचन प्रक्रियामा, लोकतान्त्रिक प्रक्रियामा, शान्तिपूर्ण रुपमा सहभागी हुन्छन् कि हुँदैनन्? निकै नै ठूलो प्रश्न थियो त्यो । मलाई लाग्छ तपाईहरु पत्रकारहरुलाई राम्रोसँग थाहा छ । मैले त्यस्तो बेला मा दोस्रोपटक प्रधानमन्त्रीको हैसियतले मधेशका जनतालाई पनि विश्वासमा लिएर, पहाड, हिमाल सबैका जनतालाई भरोसामा लिएर सबैसँग सहकार्य गरेर चुनावी प्रक्रियामा मैले देशलाई लान मलाई सफलता प्राप्त भयो ।

त्यसमा मलाई खुशी छ । गर्व छ । अब अहिले यो पछिल्लो का;रोनाको संक्रमणको महामारी छ, यो विश्वव्यापी रुपमा देखिएको छ । यो त सानो कुरो छैन । धेरै नै ठूलो कुरा छ । मानव जातिको ईतिहासमा एउटा ठूलो मोड भएको छ यो को;रोना भा’इरसको सं’क्रमण, यसले अझ सबैभन्दा विकसित र शक्तिशाली भनिएका देशहरुमाथि जसरी को;रोनाले आ’क्रमण गरिराखेको छ ।

र, आ’क्रान्त पारेको छ । यसले धेरै धेरै प्रश्न उब्जाएको छ । हाम्रो विकासको मोडेलको बारेमा, हाम्रो अर्थ नीतिको बारेमा, हाम्रो राजनीतिक प्रणालीको बारेमा, हाम्रो खानपिनको बारेमा, हाम्रो सं’स्कृतिको बारेमा, हामीले विकास गरेको ग्लोब्लाई जेशन भूमण्डली करणको परिस्थितिको बारेमा यसले धेरै धेरै प्रश्नहहरु जन्माई दिएको छ । मलाई लाग्छ यसले अन्ततः नेगेटिभबाट पोजेटिभतिर जाने ईतिहासमा पनि, प्रकृतिमा पनि र मानव जातिको ईतिहासमा पनि, मान्छेको सोच्ने र चि’न्तन गर्ने तरिकामा पनि त्यो विज्ञानले काम गरि नै राखेको हुन्छ । यो नराम्रो महामारी जो फैलिएको छ अहिले ।

यसले एउटा नयाँ विश्व व्यवस्था कायम गर्न, नयाँ अन्तर्राष्ट्रिय एकता कायम गर्न, नयाँ मानवीय सम्बन्ध र सं’वेदनालाई विकास गर्न मद्दत गर्छ भन्ने मलाई लाग्छ । यस दृष्टिबाट हेर्दा अहिले मैलेपनि आफ्नो ठाउँबाट यो महामारीका वि’रुद्ध मानव जातिको एकताको लागि, नेपाली जनताको एकता, नेपालका सबै शक्तिहरुको एकताको निम्ति लगातार अपिल गरिरहँदा प्रधानमन्त्री मेरै पार्टीको प्रधानमन्त्रीसँग मेरो यो विषयमा कुनै विमति भएको म देख्दिन ।

हामी सबै मिलेर जानुपर्छ भन्ने कुरामा । अब कतिपय ई’स्युहरुमा होला, तर अहिले त्यो ईस्युमा छलफल गर्ने यो बेला पनि होईन, हामीले बलियो एकताको प्रदर्शन गर्नुपर्छ । हामी सबै मिलेर यो म’हामारी वि’रुद्ध ल’ड्ने संकल्प गर्नुपर्दछ । नेपाली जनताले बडो धैर्यताको साथ हामीलाई साथ दिईरहेका छन् । राजनीतिक नेतृत्वलाई जनताले अहिलेपनि साथ दिईरहेको स्थिति छ, त्यसलाई सुदृढ गर्नुपर्छ ।

यो बेलामा अन्य विषयमा कहिलेकाहीँ देखापर्ने बहसहरु र विवादहरुलाई अहिले अगाडि ल्याउन म विल्कुल चाहन्न । म पार्टी किनभने ठूलो पार्टी, हामीले ऐतिहासिक रुपले एकता गरेका छौं । र, त्यो एकताको नेतृत्व गर्नेमा म र केपी ओली दुई वटा अध्यक्ष भएर नै मुख्य पहल लिएको हुनाले यतिबेला म फेरि विवादका कुरा, विमतिका कुरातिर जान चाहन्न । जो मान्छेहरु त्यसरी जान्छन् या प्रचार गर्छन् ।

उनीहरुले बास्तवमा देशको, जनताको आवश्यकत्ता र भावनालाई बुझेका छन् जस्तो मलाई लाग्दैन । म चाहीँ अहिले त्यता तिर टिप्पणी गर्न चाहन्न । यो बेलामा धेरै समिक्षा तिर लाग्ने पनि परिस्थिति होईन । हो, हामीले पहल गरेको हो । गठबन्धन बनाएको हो । चुनाव जितेको हो । हाम्रो सरकार छ । हाम्रो ठूलो जिम्मेवारी छ । र, यो बीचमा भएका राम्रा कामहरु र यो बीचमा भएका कमिकमजोरीका समिक्षा गर्नु पनि पर्छ । गल्ती भएका छन् भने सच्याउनु पनि पर्छ ।

त्यसमा कुनै द्धिविधा र दुईमतको कुरा हुँदैन । हामीले जे भनेर चुनाव लडेका थियौं । हामी सुशासन दिन्छौं। हामी भ्रष्टाचारलाई रोक्छौं । हामी जनतालाई विकास र समृद्धि दिन्छौं भनेर जे भनेका थियौं। हामी त्यही उद्देश्यमा अटल रहन सक्नुपर्दछ । तर, यी सबै विषयको समग्र समिक्षा गर्नेबेला चाहीँ अहिले होईन । अहिले अझै दृढ एकता प्रदर्शन गरेर कोरोनाको विरुद्ध विजयी हाँसिल गर्नुछ । यसको लागि हामीले आफ्नो सम्पूर्ण शक्ति लगाउने बेला हो । त्यस कारण म अहिले समिक्षा तिर लाग्न चाहन्न । प्रस्तुत विचार प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग अध्यक्ष प्रचण्डले व्यक्त गरेको विचारबाट सम्पादन गरि प्रकाशन गरेका हौँ ।

प्रतिक्रिया दिनुहोस्