हेर्नुहोस आजको राशिफल : वि.सं.२०७७ साल वैसाख ०६ गते । शनिबार ।

काठमाडौं : वि.सं.२०७७ साल वैसाख ०६ गते । शनिबार । ईश्वी सन् २०२० अप्रिल १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्णपक्ष । तिथि– एकादशी,४५ घडी ३७ पला, बेलुकी ११ बजेर ५३ मिनेट उप्रान्त द्वादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २९ मिनेट । दिनमान ३२ घडी ०८ पला । विश्व सम्पदा दिवस । पञ्चक। वरुथिनी एकादशी व्रत।

मेष : बिद्यामा अरुलाई पछी पारेर अगाडी बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्वन्धी समस्याले सताउँने हुदा बाहिरी वातावरणको ख्याल गर्नुहोला । माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिवन सुखी रहनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

बृष : व्यपारमा मन्दी आएपनि औषधीजन्य तथा खानेकुराको व्यापारमा वृद्धि हुनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुने छ । धा’र्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा विशेष ध्यान दिनुहोला ।

मिथुन : समुदायको हक हितको निम्ती कामगर्ने अवसर आएपनि असजिला परिस्थिती हरुको सामना गर्नुपर्नेछ । पढाइ लेखाइमा ध्यान नजादा सफलता हात पार्न मुस्किल रहेको छ । माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग सामा न्य मनमुटाव सिर्जना हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला ।

कर्कट : समय तथा परिस्थितीको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । आफन्त तथा आफूले मन पराएको मानिससँग दु’री बढ्ने योग रहेको छ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ । भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।

सिंह : व्यापार व्यावसायबाट घाटा लाग्नेछ । मायाप्रेम तथा पति पत्नी विचको सम्वन्धमा विश्वासको वातावरण मजभुत भएर जानेछ। पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कन्या : स्वास्थ्य सम्वन्धी पुराना समस्याहरु ठिक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्ने छ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै अगाडी बढ्ने समय रहेको छ । प्रेम प्रशङगमा एक अर्काविच नजिक हुने तथा रमाउँन सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

तुला : माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहने छ । स’न्तान तथा छोरा छोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

बृश्चिक : कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरी पछिको लागी आम्दनी हुने काम गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपुर्ण कामहरु सम्पादन गर्न सकिनेछ । स्व अध्ययनले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । विदेशमा हुनुहुन्छ भने स्वास्थ्यको ख्याल गर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला ।

धनु : दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । औषधीजन्य र खानेकुराको व्यापारमा वृद्धि भएपनि अन्य व्यापारमा घाटा लाग्नेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

मकर : साथीभाई तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने छ । व्यापार व्यावसायमा मन्दि आउँने तथा घाटा लाग्ने भएपनि औषधी जन्य व्यापारबाट केही मात्रामा लाभ लिन सकिने छ । दमदार बोलिको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपार्ईँको तारिफ गर्नेछन् । प्रेममा सफलता प्राप्त हुनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कुम्भ : कन्फिडेन्ट पावर बढ्ने हुदा उपलव्धी मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेको छ । व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ । औषधीजन्य र खानेकुराको व्यापारमा वृद्धि हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

मीन : व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिक गुजारा चलाउन हम्मे हम्मे पर्नेछ । आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नु होला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनु होला । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् । विदेशमा हुनुहुन्छ भने स्वास्थ्यको ख्याल गर्नुहोला ।

तपाईको दिन शुभ रहोस् । यूवा ज्योतिषि डिपि भण्डारी, ज्योतिष परामर्ष सेवा केन्द्र । चाबहिल, काठमाडौं फोन न.९८०८३०७२७५ नोट:चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

प्रतिक्रिया दिनुहोस्