घर हिँडेका मजदूर रोकिँदा प्रहरीसँग झ’डप

धादिङ : को’भिड–१९ को महामारी रोक्न जारी गरिएको लकडाउन लम्बिएपछि पृथ्वी राजमार्ग हुँदै पैदलै घर हिँडेका मजदूर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन्। कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदूर काम नपाइएको र खानेकुरा पनि सकिएपछि हिँडेर घर जान लागेका बेला चितवन प्रहरीले धादिङको सिमाना क्षेत्रमा रोकेको हो ।

बिहीबार बिहानैदेखि ३ सयभन्दा बढी मजदूर रोकिँदा उनीहरु दिनभर सो क्षेत्रमा भोकभोकै परेका थिए । यसरी मजदूर रोकिएपछि मौवाखोला बजारवासीले उनीहरुलाई हिँडेर घर जान दिन प्रहरीलाई आग्रह गरे पनि बजारबासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि बजारबासी र मजदूर मिलेर प्रहरीसंँग झ’डपमा उत्रिएका थिए। घटनाले उ’ग्ररुप लिने भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईबीच वार्ता भएको छ ।

वार्तापछि मजदूरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भएको छ । धादिङका विभिन्न इँटा उद्योग, विद्यालय निर्माण र गाउँमा पुनःनिर्माणका लागि आएका मजदूर घरतर्फ जान लागेका थिए। एक जिल्लाबाट अर्को जिल्ला जानका लागि अति आवश्यकीय सवारी साधन समेत रोकिएपछि प्रमुख जिल्ला अधिकारीले वार्ताका माध्यमबाट समस्या समाधान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्