भारतबाट आयात रोकिएपछि बीस उद्योगबाट स्यानिटाइजर उत्पादन

काठमाडौं । सरकारले को;रोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ । यसअघि भारतसँग निर्भर नेपालले गत फागुनदेखि भारतमा नै महामारीका कारण नेपालमा स्यानिटाइजर र माक्स भित्रिन छाडेपछि औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योगलाई उत्पादनको अनुमति दिन थालेको हो ।

विभागले गत फागुन महिनामै नेपालमा स्यानिटाइजर र माक्सको अभावका नाममा का’लो बजारी सुरू भएपछि यी सामानको उत्पादनका लागि नेपाली औषधि उद्योगीलाई आब्हान गरेको थियो । विभागको सोही आब्हान पछि हाल सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडसहित अन्य निजी उद्योग गरी झण्डै २० वटाले स्यानिटाइजर उत्पादन गर्ने गरी अनुमति लिएर उत्पादन सुरू गरेको विभागले जनाएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बजारमा पर्याप्त मात्रामा नेपाली कम्पनीले उत्पादन गरेका गुणस्तरीय हण्ड स्यानिटाइजर बजारमा आपूर्ति भइसकेको जानकारी दिनु भयो । उहाँले औषधि व्यवस्था विभागको मापदण्ड अनुसार दर्ता भएका, अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत भएका औषधि कम्पनीले उत्पादन गरेका स्यानिटाइजर मात्रै प्रयोग गर्न उपभोक्तालाई आग्रह गरे ।

विभागका अनुसार नेपाल औषधि लिमिडेट, लोमस फर्मास्युटिकल्स, एमडिएच फर्मास्युटिकल्स, अर्याफर्मा ल्याब, नोभा जेनेटिक फर्मास्युटिकल्स लगायतका विभिन्न २० वटा कम्पनीले स्यानिटाइजर उत्पादन थालेका छन र अन्यले पनि अनुमति लिनेक्रममा रहेका छन्।

यी कम्पनीले उत्पादनलाई निरन्तरता दिइरहेका र पर्याप्त मात्रामा बजारमा गइ रहेकाले र कतै अभाव भएको खण्डमा स’म्बन्धित क्षेत्रका औषधि पसल तथा अन्य विक्रेताले ती कम्पनीसँग सिधै सम्र्पक गरेर लग्न सकिने विभागका महा निर्देशक ढकालको भनाइ छ ।

ती कम्पनीबाट उत्पादित हण्ड स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्ड अनुसार गुणस्तरीय हुनुपर्ने भएकाले उनीहरूको उत्पादनमा कुनै कमजोरी भएमा औ’षधि ऐन अनुसार का’रबाही हुने बताए । यो समाचार आजको गोरखा पत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्