पोखरा महानगरले समस्यामा परेकालाई खाना खुवाउने

पोखरा : पोखरा महानगरपालिकाले लक डाउनका कारण खाद्यान्नको अभावले समस्यामा परेका व्यक्तिलाई खाना खुवाउने भएको छ । महानगरले को;रोना भाइरसको संक्रमणका कारण रोजगारी गुमाएका अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिलाई निःशुल्क खाना खुवाउने भएको हो ।

महानगरले बनाएको लाभग्राही छनोट मापदण्ड अनुसार राहत पाउनबाट वञ्चित भएका तथा समस्यामा परेकालाई आवश्यकताका आधारमा वडा कार्यालयको समन्वयमा खाना खुवाउने व्यवस्था गरिएको पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । प्रमुख जिसीले शुक्रबार जारी गरेको विज्ञप्तिमा महानगरले पूर्ण र आशिंक प्याकेज गरी १९ हजार २ सय २० घर परिवारलाई राहत वितरण गरि सक्दा पनि राहत नपाएको गुनासो आए पछि घरघर र बसेकै ठाउँमा पुगेर राहत वितरण गरिएको जानकारी गरा एका छन् ।

‘लकडाउनका कारण खाद्यान्न अभाव भएर चुल्हो बल्ने अवस्था नभएका अति विपन्न, दैनिक ज्यालामजदुरी गर्ने वर्ग र जोखिममा रहेका व्यक्तिहरुलाई आवश्यकताका आधारमा वडा कार्यालयको समन्वयमा खाना खुवाउने व्यवस्था गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘खाद्यान्न नभएर सम’स्यामा परेकाहरुलाई पायक पर्ने ठाउँमा पुगेर खाना खान अनुरोध छ ।’ लक डाउन उलंघन नहुने गरी भौतिक दूरी कायम गरी खाना खान सेवा ग्राहीलाई अनुरोध गर्दै सोही अनुसार व्यवस्था मिलाउन वडा कार्यालयलाई विज्ञप्तिमा अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्