विहानै देखिएका यस्ता पाँच चिजले दिनेछ तपाईलाई राम्रो संकेत

काठमाडौं : भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । विहानी राम्रो भयो भने हाम्रो मन पनि त्यसै चंगा हुन्छ । मन प्रफुल्ल भयो भने दिनभरी पनि त्यही रौनक मनमा रहिरहन्छ। त्यसैले विहान दिनभरलाई फाइदा पुग्ने चिज को मात्र दर्शन गर्नु पर्ने शास्त्रहरुमा उल्लेख गरिएको हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।

१ श्रृंगार गरेकी स्त्री : विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रा’तो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ । २ धर्मग्रन्थ : विहान उठ्ने वित्तिकै ध’र्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।

३ गाई: विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो। ४ आगो: विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्नि को दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ । ५ कुकुर: शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ । कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।

शास्त्रका अनुसार उठ्ने वित्तिकै आफ्नो अनुहार ऐनामा हेर्नु अशुभ मानिन्छ। यसले दिनभरी नकारात्मक उर्जा पैदा गर्ने शास्त्रमा उल्लेख छ। जीवनमा ठूला घटना हुनु अघि हुन्छन् यस्ता संकेत विहानमा हुने शुभ संकेतले तपाइँको भविष्यमा के हुने छ भन्ने जानकारी समेत दिन्छन् । विहानमा आँखा खुल्ना साथ पहिलो नजरमै दुध वा दही भरिएको भाँडो देखियो भने दिन शुभ हुने संकेत दिन्छ ।

प्रतिक्रिया दिनुहोस्