फ्रान्सबाट आएकी काे’राेना संक्रमित युवती स्वस्थ भइन्, टेकु अस्पतालबाट डिस्चार्ज

काठमाडौं : को;रोना भाइरस सं’क्रमण पुष्टि भएपछि टेकु अस्पताल भर्ना भएकी नेपालकी दोस्रो संक्रमित युवती डिस्चार्ज भएकी छन्। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा को;रोना भाइरसको संक्रमण देखिएपछि गत १० चैतमा टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना गरिएको थियो ।

स्वस्थ भएर अस्पतालबाट घर फर्कनु अघि संचारकर्मीसंग कुराकानी गर्दै ती युवतीले संक्रमण भएपछि नहडबडाउन र नआत्तिन आग्रह गरेकी छिन् । आत्मविश्वास र दृढ इच्छाशक्तिले नै कोरोना भाइरसमाथि विजय पाउन सम्भव हुने बताउँदै उनले आफ्नो उपचारमा सहयोग गर्नुहुने सबै चिकित्सक र स्वास्थ्कर्मी एवं अस्पताल प्रशासनप्रति आभार व्यक्त गरेकी छिन् ।

गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया यी युवती गत चैत १० गते टेकु अस्पताल भर्ना भएकी थिइन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएदेखि नै आफूलाई निकै सचेत र सजग राखेकी यिनले घरमा पनि पूर्णत: क्वारेन्टाइनको अनुशासन निर्वाह गरे की थिइन् । पछि टेकु अस्पतालमा स्वाब परीक्षण गर्दा संक्रमण देखिएलगत्तै अस्पतालमा नै बसेर उपचार गराउँदै आएकी थिइन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचार गराएकी यिनी नेपाल आएपछि संक्रमण भएको पत्तो लाग्नासाथ नै सरकारले अन्तर्राष्ट्रिय उडान नेपालमा बन्द गर्ने निर्णय गरेको थियो। संक्रमित मध्ये उपचारपछि निको भएकी यिनी दोस्रो नेपाली हुन् । यसअघि कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानबाट आएका एक संक्रमित युवक उतिवेलै निको भएर घर गइसकेका थिए ।

यो काे;राेना वि’रूद्ध नेपाली चिकित्सकहरुको लागि दोस्रो सफलता हो। अहिले टेकु अस्पतालमा धादिङका संक्रमित युवा उपचाररत छन् । पछिल्लो समय नेपालमा काेराेना संक्रमितको संख्या ३० पुगेकाे छ । यीमध्ये पूर्णरूपमा निकाे हुनेकाे संख्या २ पुगेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्