अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा किसानका लागि राहत घोषणा

एजेन्सी, ६ बैशाख। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गर्नुभएको छ। को;रोना भाइरसको संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पु¥याउने उद्धेश्यले उहाँले राहतको घोषणा गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले १९ अर्ब अमेरिकी डलर बराबरको राहत शुक्रबार घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।

कुल १९ अर्ब अमेरिकी डलर मध्ये १६ अर्व अहिले नै किसानहरुलाई वितरण गरिने र बाँकी तीन अर्ब खाद्यान्न वितरणका लागि बचत गरिने उहाँले बताउनुभयो। “आज मैले यो घोषणा गर्न चाहन्छु कि, हाम्रो कृषि विभागले १९ अर्ब अमेरिकी डलर बराबरको राहत कार्यक्रम लागु गर्नेछ,” ट्रम्पले भन्नुभयो । उहाँले राहतबाट किसानहरुलाई संकटबाट मुक्त हुन सानो भएपनि सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भएको छ ।

शुक्रबार ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उहाँले किसानहरुलाई सिधै राहत दिने र खाद्य पदार्थ संचय गर्नका लागि राहत दिने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो । उहाँले को;रोना भाइरसको संक्रमणका कारण प्रभावित ८ करोड अमेरिकीहरुले राहत रकम पाएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्