लकडाउनको मा’रमा परेका विपन्न तथा गरीबलाई निःशूल्क खाना खुवाउँदै स्थानीय प्रकाश मिश्र

घनश्याम मिश्र, जनकपुरधाम । को’भिड १९ नाम दिइएको प्रा’ण घा’तक को;रोना भाइरस संक्रमणको उच्च जो’खिमलाई मध्यनजर गर्दै नेपाल सरकारले लकडाउन गरेको आज २६ दिन भइसकेको छ । यसरी लामो समयसम्म लक डाउन खुला नहुँदा हुँदा खानेहरुको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । दैनिक ज्यालादारी गरेर जीवन चलाउँदै आएका कतिपयले भोक भोकै दिनरात कटाइरहेका छन् ।

यसैबीच जनकपुरधाम उप महानगरपालिकाले आफ्नो नागरिकहरुलाई राहतसम्म बाँड्न नसकेको अवस्थामा स्थानीय प्रकाश मिश्रले आफ्नो व्यक्तिगत खर्चमा गरीब तथा न्यून आय भएकाहरुलाई मा’सु भात खुवाउदै आएका छन् । लक डाउनका कारण विहान वेलुका छाँक टार्न मुस्किल परिरहेकाको परिवारलाई विगत केही दिनयता स्थानीय प्रकाशले जनकपुर ८ रामानन्द चोकमा मासु भातको व्यवस्था गरेका हुन् ।

जनकपुरधाममै होटल सञ्चालन गर्दै आएका प्रकाशले विगत ८ दिनयता निःशूल्क भोजन उपलब्ध गराउँदै आइरहेका छन् । उनले गत ७ दिनयता शाका हारी भोजन उपलब्ध गराउँदै आएका थिए । तर, शनिबार (आज) भने प्रकाश मिश्रले दैनिक ज्यालादारी गर्नै, गरीब, दलित तथा विपन्नहरुलाई निःशूल्क मासु भात, तरकारी, तिलको चटनी लगायतको भोजन गराएका छन् ।

लक डाउनका कारण गरीबहरुले भोक भोकै दिन क’टाउनु पर्ने अवस्था देखेपछि आफ्नो मनमा त्यस्ता व्यक्तिहरुलाई भोजन उपलब्ध गराउनु नै धर्म हो भन्ने सोच पलाएको उनको भनाइ छ । यस अगाडि मिश्रले सामाजिक सञ्जालमा आफ्नो मोबाइल नम्बर राखेका थिए । उनको मोबाइलमा कल गर्ने विपन्न व्यक्तिहरुको घरमै भोजन समेत पुर्याउदै आएका छन् प्रकाशले । जसका लागि उनले दुई जना सहयोगी राखेका छन् ।

जनकपुरधाम उपमहानगर पालकाले आफू जस्तो निमूखा जनताका लागि राहतसम्मको व्यवस्था गर्न नसकेको अवस्थामा प्रकाश मिश्रले लगाएको गुण कहिल्यै नबिर्सिने एक स्थानीयले बताए। प्रकाश मिश्रले भने, ‘रुपैया त कमाउनु छँदैछ । अहिलेको विषम परिस्थिति मा भोको पेट भएकाहरुलाई सहयोग गर्नु नै ठूलो धर्म रहेको मलाई लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्