थानकोटमा रोकिएका सयौंलाई गाडी चढाएर गन्तव्यमा पठाइयो

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री केपीशर्मा ओलीको निर्देशनको अवज्ञा गर्दै थानकोटको त्रिभूवन पार्कमा होल्ड गरिएका २ सय ८९ जना पैदल यात्रीहरूलाई शनिबार साँझ गन्तव्य तर्फ पठाइएको छ । हिजो शुक्रबार देखि थानकोटमा होल्ड गरी रोकिएका सर्वसाधारणलाई बस चढाएर गन्तव्यतर्फ पठाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीहरूलाई बोलाएर पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए खानाको व्यवस्था गर्न निर्देशन दिनु भएको थियो । काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा पैदल हिँडेर गाउँ फर्किन खोजेकाहरूलाई शुक्रबारदेखि थानकोटमा रोकिएको थियो ।

दुई सय ८९ संख्यामा रहेका उनीहरूलाई बिहान खाना दिइएको थियो । साँझ पख भने प्रदेश नम्बर ३–०१००५ ख ९८११५मा दाङ ४० जना, प्रदेश नम्बर ३–०१००५ ख ९८२० ४३ जना दाङ, प्रदेश नम्बर ३– ०१००५ ख ९८१८ सर्लाही ७० जना ,प्रदेश नम्बर ३ –०१००५ ख ९८२२ ६५ जना नेपालगञ्ज,बा ३ख ४९४८ बर्दिया ४० जना,बा ४ ख ५८२४ बर्दिया ३१ जना, ना ५ ख ५९२० दाङ ४० जना गरी २ सय ८९ यात्रुलाई बस चढाएर राजधानी चन्द्रागिरीबाट पठाइएको हो ।

चन्द्रगिरी यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसमा उनीहरूलाई पठाइएको हो । पहिलो लटमा बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेत पठाइएको छ । राजधानी लगायत उपत्यका नजिकैका जिल्लाहरूवाट पैदल हिडेर जान लागेका यात्रुहरू लाई पठाईएको प्रतिनिधि सभा सांसद अन्जना विसंखेले बताउनुभयो । न्यूज २४ मा खबर छ ।

प्रतिक्रिया दिनुहोस्