को’रोनालाई जितिन ६५ वर्षीया बागलुङकी महिलाले, डिस्चार्जपछि खुसी हुँदै घर गइन् !

बागलुङ : बागलुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षीया महिला को;रोना जितेर डिस्चार्ज भएकी छन्। उमेर बढी भएकाले उनलाई संक्रमण देखिँदा चिकित्सक, परिवारका सदस्य, आफन्त र आम शुभेच्छुक चिन्तामा थिए । अझ उनी १५÷१६ वर्ष अघिदेखि दम र प्रेसरको विरामी थिइन्। वृद्ध आमाले १८ दिनमा कोरोना जितेर घर फर्किन्छिन् भनेर धेरैलाई लागेकै थिएन।

तर, को;रोनाबाट आंतकति देश दुनियाँलाई बृद्धावस्थामा पनि उच्च मनोबल भए सहजै जित्न सकिन्छ भन्ने सन्देश दिएर उनी घर फर्किएका छन्। चैत १७ गते कोरोना संक्रमण पुष्टि भए पछि होम क्वारेन्टिनमा बसेकी पौडेललाई धौलागिरी अञ्चल अस्पताल ल्याइएको थियो। अस्पतालको आइसोलेसन वार्डमा उपचारत रहे पनि उनमा को;रोनाको यतिका दिनसम्म कुनै आभाष देखिएन।

‘को;रोना रोगको भन्दा पनि आइसोलेसनमा एक्लै भएकाले दिन कटाउन गाह्रो भो,’ उनले भनिन् ‘परिस्थिति खराब भए पनि मनस्थिति बलियो बनाए को;रोनालाई जित्न सकिने रहे छ ।’ आइसोलेसनमा उपचारका क्रममा केहि दिन बसे पछि प्रेसर केही बढेकाले औषधि चलाइएको थियो। बीचमा दात र कान दुख्ने समस्या देखिए पनि अहिले सबै ठिकठाक रहेको उनले सुनाइन्।

को;रोना लागेर विभिन्न देशमा दैनिक मान्छे मरिरहेको एफएम रेडियो, परिवार र आफन्तबाट जानकारी हुँदा मनमा केही डर उत्पन्न भए पनि मर्छुभन्ने कहिल्यै नलागेको उनको भनाइ छ। ‘किनकिन मलाई केही हुँदैन भन्ने लाग्थ्यो, यसलाई जितेरै छोड्छु भन्ने सोच आउँथ्यो’, उनी भन्छिन् ‘यदि कोरोना लागेको छ भने मन बलियो बनाउनुस्, खानपानमा ख्याल गर्नुस्, तातोपानी बढी पिउनुस्।’

को;रोनासँग लड्न उच्च मनोबल सहित दिनमा पाँच लिटर सम्म उमालेको पानी पिउने गरेको उनको अनुभव छ । आइसोलेसनमा रहँदा दैनिक बिहान, बेलुका दूध पिउने, नियमित खाना, खाजा खाने गरेको उनको भनाइ छ । खाना, खाजाको व्यवस्था धौलागिरी अस्पतालले निशुल्क उपलब्ध गराएको थियो। खाना, खाजा लिएर नर्स आउने, अवस्था सोधपुछ गर्नु नियमित दैनिकी थियो।

चिकित्सकहरु भने बेलाबेला आउने र धेरै फोन गरेर सञ्चो बिसञ्चो सोध्ने गरेको उनको भनाइ छ।आफू ठिक भएर घर जाने भएपछि उत्साहित बनेकी उनले को;रोना लाग्यो भनेर सबै टाढिदा पनि साथ दिने स्वास्थ्यकर्मी, चिकित्सक आफ्ना लागि भगवान बनेर सेवा गरेको बताउँछिन्।

प्रतिक्रिया दिनुहोस्