औषधि भन्दा ठूलो आत्मबल रहेछः को’रोना जितेकी वृद्धा

वाग्लुङ, रासस : को;रोना स’ङ्क्रमणबाट निको भएकी वाग्लुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबै भन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाईन्। तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा को;रोना नेगे टिभ आएर घर गएकी वृद्धाले बुढेसकालमा नयाँ रोगले समाते पनि आफूले रोग जित्छु भन्ने हिम्मत अनुसार अस्पतालमा बसेको बताईन्।

“सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक सोच रहेछ”, मनकुमारीले भनिन्, “औषधिभन्दा ठूलो आत्मबल रहेछ, जसकारण औषधि नै नभएको कोरोनालाई जित्न सफल भएकी छु ।” नेपालमा छैटाँै को;रोना सङ्क्रमितका रुपमा रहेकी मनकुमारी को;रोना जित्ने तेस्रो व्यक्ति हुन्। उनले कोरोना लाग्दैमा नआत्तिन अन्य सङ्क्रमितलाई समेत सुझाव दिएकी छन्। उनले तातोपानी खान र सरसफाइमा ध्यान दिएर अलग्गै बस्दा को;रोनाबाट बच्न सकिने अनुभव सुनाईन्।

“दमको रोगी भएका कारण को;रोना जित्न मुस्किल पर्छ कि भन्ने थियो, हिम्मत हारिन आत्मबल बढाउँदै लगे अन्त्यमा को;रोनलाई जितेर घर फर्कने भएकी छु” उनले भनिन्। मनकुमारीले १५ वर्षदेखि दमको औषधि सेवन गर्दै आएकी छन्। उनले अन्य सङ्क्रमित लाई समेत धैर्य गरेर अस्पतालमा बस्न आग्रह गरेकी छन्। आफूले घरमा समेत सरसफाइका साथ परिवारबाट अलग्गै बस्नाले अन्य सदस्यलाई सर्न नपाएको भन्दै पूर्वसचेतना समेत अपनाउन पर्ने उनले बताइन्।

धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराएकी उनकोे भर्ना भएको १५औँ दिन बिहीबार तेस्रो पटक पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा परीक्षण स्वाबको रिजल्ट नेगेटिभ आएको र पुनः भोलिपल्ट शुक्रबार पनि स्बाब परीक्षणका लागि पठाइए कामा समेत रिपोर्ट नेगेटिभ आएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार अस्पतालमा एक जना युवती २० दिनदेखि को;रोना सङ्क्रमितका रुपमा उपचाररत छिन्।

वृद्धामा शुरुकै दिनदेखि को;रोनाको लक्षण भने देखिएको थिएन्। बेल्जियमबाट दोहाहुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४गते नेपाल आएकी वृद्धालाई चैत २० गते पुष्टि भएको थियो। उनीसंगै बेल्जियमबाट फर्किएकी अर्की सङ्क्रमित बागलुङ नगरपालिका –४ की १९ वर्षीया युवतीको भने चौथो पटकको स्वाब परीक्षण समेत पोजेटिभ आएको अस्पतालले जनाएको छ। पोजेटिभ रिपोर्टसँगै युवतीको अस्पतालको बसाइ लम्बिएको छ।

प्रतिक्रिया दिनुहोस्