आज चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षा हुने

काठमाडौं,बैशाख ७ : देशका केही क्षेत्रको मौसम आज (आइतबार) आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महा शाखाले जनाएको छ। स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकाले केही क्षेत्रको मौसम बदली हुने देखिएको मौस मविदले बताएका छन्।

अहिले देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिक बदली रही बाँही भेगको मौसम सामान्यतया सफा रहेको जनाइएको छ। दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली रहने छ । पहाडी भूभागका केही स्थान तथा तराइ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताए ।

राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावा हुरी सहित वर्षाको सम्भावना रहेको छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकाले पहाडी भू–भागका थोरै स्थानमा मौसम बदली हुने छ ।

प्रतिक्रिया दिनुहोस्