जोखिम मोलेर नागरिकको सुरक्षामा खटिने प्रहरीलाई जुस र भोका कुकुरलाई खाना

काठमान्डौ:बागलुङ बजारमा गस्तीमा खटिएका प्रहरीलाई जुस र भुसिया कुकुरलाई खाना वितरण गरिएको छ। विश्वभर महामारीको रुपमा फैलिएको को;रोना भाइरस रोकथामको लागि सरकारले लक डाउन गरेपछि त्यसलाई कार्यान्वयन गरा उन दैनिक गस्ती गरिरहेका प्रहरी र बजार बन्द भएपछि खाना खान नपाएका कुकुरहरुलाई मानवताको नाताले जुस वितरण गरिएको हो ।

सडकका कुकुरलाई खाना खुवाएका बागलुङ नगरपालिका –१ रामरेखाका दुई चेली नितु केसी र सम्झना कार्की खड्का, रेणुका खड्का र सुमन बोहराले त्यसलाई निरन्तरता दिँदै शनिबार दिउँसो गस्तीमा खटिएका प्रहरीलाई समेत जुस वितरण गर्नुभएको हो । सधै नागरिकको सुरक्षामा खटिने प्रहरीहरु अहिले को;रोना भाइरसको जोखिम मोल्दै लक डाउन पूर्ण रुपमा पालना गराउन दिनरात नभनी खटिएकोले उनीहरुको हौसला बढाउन जुस वितरण गरिएको ‘फस्ट एड बक्स वेलनेश टिम’की अध्यक्ष समेत रहेकी नितु केसीले बताउनु भयो ।

शनिबार २ हजार ५ सय रुपैयाँ लागतमा प्रहरीलाई जुस र सडकका कुकुरहरुलाई खाना खुवाएको सम्झना खड्काले जानकारी दिनुभयो । लक डाउनको बेला प्रहरीहरुको मनोवललाई उच्च बनाउनको लागि अभियान संचालन गरेको खड्काले जानकारी दिनु भयो । उहाँले प्रहरीलाई पनि को;रोनाको सं’क्रमण हुन सक्ने भएपनि आम नागरिकको सुरक्षाको लागि जो’खिम मोलेर आफ्नो डियुटि गरिरहेकाले हौसला प्रदान गर्न र मनोबल बढाउन जुस वितरण गरिएको बताउनु भयो। उहाँहरुले सडकका भुसिहा कुकुरहरुलाई दैनिक खाना खुवाउने कार्यक्रमलाई पनि निरन्तरता दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्