सल्यान,७ बैशाख। लक डाउनका समयमा विभिन्न ठाउँबाट घर हिडेका ९० मजदुरहरूलार्इ सल्यान श्रीनगरमा खाना खुवाएर सम्बन्धीत क्षेत्रमा पठाइएको छ। शुक्रबार दाङबाट कपुरकोटमा पुगेर बसेका शनिबार अरिङगाले फेदीसम्म आएका थिए । जसमा सबैभन्दा बढि सल्यानको कुमाख गाउँपालिकाका छन् ।
सल्यान उद्योग वाणिज्यसंघको अर्थिक सहयोगमा सल्यानको श्रीनगरमा रहेका होटल व्यवसायी संघ सल्यान, श्रीनगर बजार व्यवस्थापन समिति, सुनचाँदी व्यवासायी संघ सल्यान, र सल्यान जेसिजको व्यवस्थापनमा आईतबार विहान ९० जनालाई खाना खुवाइएको हो।
उक्त गाउँपालिकाका मात्रै ३३ जना रहेको र उनिहरूलाइर् कुमाख गाउँपालिकाले गाडिको व्यवस्था गरेको छ भने अन्य स्थानका बासिन्दाले स्वयम गाडि बुकिङ गरेर पठाएको संघका बाणिज्य उपाध्यक्ष दीपक बोहराले जानकारी दिए। त्यस्तै जाजरकोटको नलगाडका १९ जना, रूकुम बाँफिकोटका १ जना, सिद्धकुमाखका ११, शारदा नगरपालिका १९ र बागचौरका ७ जना रहेका छन । उनी सबै जनालाई आजै सम्बन्धित ठाउँमा पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्