आमा बितेको ६ दिनपछि खुल्याे वासुदेवका लागि जन्म भूमीको ढोका

दार्चुला: महाकालीपारी भारतको धार्चुलास्थित क्वारेन्टाइनमै किरिया बसेका नेपाली आइबार स्वदेश फर्किन पाएका छन् । घरमा आमाको नि’धन भए पनि लक डाउनका बेला सीमा बन्द हुँदा उनी भारतीय भूमिमै रोकिएका थिए। घरमा आमा बिते’र भारत स्थित क्वारेन्टाइनमै कि’रिया बसेका वासुदेव भट्टले ६ दिन पछि स्वदेशको भूमि टेक्न पाएका हुन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ स्थित उनको घर भएका उनलाई घर पठाउनु अगाडि उनको जिल्ला अस्पतालमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट किटमार्फत को;रोना भाइरसको परीक्षण गरिने छ। आरडीटी परीक्षणको रिपोर्ट आएपछि मात्रै उनलाई घर पठाउने वा क्वारेन्टाइनमा राख्ने भन्ने निर्णय गरिने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए ।

को;रोना भाइरसको संक्रमण रोक्न भारतले लकडाउनको आदेश जारी गरेपछि भट्टसहित सयौंको संख्यामा स्वदेश फर्किन आएका नेपालीहरु महाकाली पारी भारतीय भूमिमा रोकिएका थिए । सीमापारी भारतीय भूमिमै अलपत्र परेको अवस्थामा घरमा भट्टकी आमाको मृ’त्यु भएको थियो । गत फागुनमा भारतमा मजदुरी गर्न पुगेका भट्ट लकडाउन भएपछि उतै अलपत्र परेका थिए।

प्रतिक्रिया दिनुहोस्