सामाजिक दूरी कायम गर्दै भाटभटेनी सुपरमार्केट खुला

काठमाण्डौ- भाटभटेनी सुपरमार्केटमा सामाजिक दूरी कायम गर्दै कारोबार खुला गरिएको छ। शुक्रबारबाट खुला गरिएको भाटभटेनीमा स्वास्थ्य सावधानी अपनाउँदै कारोबार खुला गरिएको हो। यसअघि होम डेलीभरी मार्फत सेवा दिँदै आएको भाटभटेनीले शुक्रबारबाट स्टोर खुला गरेको हो ।

भाटभटेनीमा सामान किन्ने ग्राहकहरुका लागि पूर्ण सुरक्षा सावधानी अपनाइएको छ । सामाजिक दूरी कायम गर्ने, एक पटकमा स्टोरभित्र १० जनालाई मात्र प्रवेश दिने, ज्वरु नाप्ने र सेनि टाइजर प्रयोग गरेपछि मात्रै भित्र प्रवेश दिने गरि सावधानी अपनाइएको छ ।

काठमाण्डौको कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुला रहेका छन् । शुक्रबारबाट खुला गरिएको भाटभटेनीमा स्वास्थ्य सावधानी अपनाउँदै कारोबार खुला गरिएको हो । को;रोना भाइरस सं’क्रमणको त्रासले मुलुक लक डाउनमा गएपछि भाटभटेनीले उपत्यकाका आउटलेटहरु बन्द गरेर होम डेलिभरी सेवा दिँदै आएकोमा अब खोलेरै सेवा दिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्