कैलालीका को’रोना संक्रमित युवक १६ दिनमै निको भएर घर फर्किए

काठमान्डौ : को;रोना संक्रमित कैलालीको लम्कीचुहा नगरपालिका –९ का २१ वर्षीय युवक को;रोनालाई जितेर घर फर्किएका छन् । को;रोना पोजेटिभ देखिए पछि सेती प्रादेशिक अस्पताल भर्ना भएका ती युवकको पछिल्ला दुवै परीक्षणको रिपोर्ट नेगेटिभ आएपछी उनि अस्पताल बाट डिस्चार्ज भएका हुन‍्।

भारतको मुम्बईबाट चैत ११ गते घर फर्किएका ती युवकको परीक्षणमा को;रोना पोजेटिभ देखिएपछि गत चैत २२ गते सेती अस्पताल भर्ना भएका थिए । उनि नेपालमा को;रोनालाई जितेर घर फर्किने चौथो व्यक्ति बनेका छन् । अब सेतीमा चार जना सं’क्रमितको उपचार भईरहेको छ। अन्य चार जना को’रोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको थियो।

धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको थियो। यस अघि शनिबारमात्रै काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ र बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल को;रोनालाई जितेर घर फर्किएका थिए। त्यसअघि को;रोनाको पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका थिए।

प्रतिक्रिया दिनुहोस्