ओखलढुंगामा १ सय ४६ जनाको आरडीटी परीक्षण रिपोर्ट नेगेटिभ

ओखलढुंगा । ओखलढुंगामा बाहिरी देशबाट आएका १ सय ४६ जना नागरिकहरुको आरडीटी परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यलयले प्रत्येक स्थानिय तहमा बिदेशबाट आएका नागरिकहरुको यापिड डाय ग्नो स्टिक टेस्ट (आरडीटी) परिक्षण गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

एक नगरपालिकासहित आठ स्थानिय तह रहेको ओखलढुंगामा भारत लगायत अन्य तेस्रो मुलुकबाट आएका नागरिकहरुको आरडीटी परिक्षण गरिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । आरडीटी परिक्षणका क्रममा अहिलेसम्म उनीहरु सबैको रिपोर्ट नेगे टिभ देखिएको छ । यसअघि प्रत्येक स्थानिय तहले बिदेशबाट आएका नागरीकहरुको घर–घरमा पुगेर ब्यक्तीगत विवरण संकलन गरेको थियो ।

यसबाट हरेक स्थानिय तहमा बिदेशबाट आएका नागरिकहरुको अभिलेख राखिएकाले उनीहरुलाई पायक पर्ने स्थानमा भेला गराई परीक्षण गर्न सहज भएको जिल्ला स्वास्थ्य प्रमुख तिवारीको भनाई छ। जिल्लामा स्थानीय तहले यसअघि संकलन गरेको विवरण अनुसार विदेशबाट आएका नागरिकको कुल संख्या १ सय ५० जना रहेका छन् ।

आईतबार सुनकोशी गाउँपालिकाका १६ जना नागरिकहरुको आरडीटी परीक्षण गरिएको र योसँगै हाल सम्म १ सय ४६ जनाको परीक्षण सकिएको छ । बाँकी रहेका अन्य चार जनाको भने सोमबार परीक्षण गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य प्रमुख तिवारीले बताए । यसबाहेक अहिले जिल्लामा बाहिर जिल्लाबाट समेत नागरिकहरु भित्रिरहेकाले उनीहरुको समेत परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यलय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्